प्रशिद्ध शक्तिपीठ बर्फानी बाबा आश्रम क्षेत्रको सरसफाई

सदरलाइन संवाददाता ६ जेष्ठ २०८०, शनिबार १३:५४
 

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिका ४ स्थित पहाडमा अवस्थित बर्फानी बाबा आश्रम क्षेत्रको शनिवार सरसफाई गरिएको छ । बर्फानी बाबा सरसफाई ‘महाअभियान’ अन्तर्गत शनिवार बृहद सरसफाई गरिएको महाअभियानका संयोजक हेमन्त चौधरीले जानकारी दिए ।

श्रद्धालुले जथाभावी फोहर फालेका कारण उक्त क्षेत्र दुर्गन्धित भएपछि पहिलो चरणमा सरसफाई गरिएको उनले बताए । ‘फोहरले आश्रम क्षेत्र कुरुप बनेको छ । दुर्गन्धले भक्तजनलाई समेत सास्ती भएको छ,’ उनले भने ।

बर्फानी बाबा आश्रममा भारत र नेपालका विभिन्न ठाउँबाट श्रद्धालुहरु दर्शनका लागि पुग्ने गरेका छन् । उनले राप्तीसोनारी, नरैनापुर, कोहलपुर, नेपालगञ्ज लगायत क्षेत्रका पाँच सय बढी युवा सरसफाई ‘महाअभियान’ मा सहभागी भएको बताए । सरसफाईसँगै श्रमदान गरेर बाटोसमेत मर्मत गर्ने कार्यक्रम रहेको उनले बताए ।


‘सबैले हातमा राष्ट्रिय झण्डा र कुटो कोदालो बोकेर आश्रममा गएका थिए, आश्रम क्षेत्रको सरसफाईसँगै बाटो मर्मत गर्ने कार्यक्रम गरिएको,’ पत्रकार महासंघ बाँकेका सहसचिव समेत रहेका चौधरीले भने, ‘आश्रममा पाँचसय यूवाले एक साथ झण्डासमेत गाडेका छन् ।’

यसअघि उनले आश्रममा शुद्ध पिउने पानीका लागि फिल्टरको ब्यवस्था गरिसकेका छन् । उनले आफै बोकेर पाँच सय लिटर क्षमताको फिल्टर त्यहाँ पुर्याएको बताए । यसअघि उक्त मन्दिरमा भारतको झण्डा गाडिएको थियो । पालिकाको अगुवाईमा भारतको झण्डा हटाएर नेपालको झण्डा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी केबलकारको परीक्षण शुरु

६ जेष्ठ २०८०, शनिबार १३:५४
बुटवल : लुम्बिनी केबलकारले बुटवलमा परीक्षण शुरु गरेको छ । बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा–३, वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबलकारको लम्बाइ कुल दुई किलोमिटर छ सय मिटर छ । अहिले केबलकारको परीक्षण सञ्चालन भइरहेको र जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको लुम्बिनी […]