आँखाको सेवा लिने ९५ प्रतिशत भारतीय

१६ फाल्गुन २०७५, बिहीबार १०:३४
 

चितवन, : नेपाल नेत्रज्योति सङ्घ चितवनले पर्साको ठोरीमा सञ्चालन गरेको आँखा उपचार केन्द्रमा सेवा लिन आउने बिरामी अधिकांश भारतीय नागरिक रहेका छन् । सङ्घले विसं २०७२ देखि आँखा उपचार केन्द्र ठोरीको नाममा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ ।

अस्पतालमा दैनिक ५० देखि ६० उपचारका लागि आउने र तीमध्ये ९५ प्रतिशत भारतीय नागरिक रहेको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार अस्पतालमा उपचारका लागि भारतका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् ।

अस्पताल रहेको ठाउँबाट भारतीय सीमा तीन किलोमिटर टाढा पर्दछ, जहाँ दैनिक सरदर पाँच जनाको शल्यक्रिया हुँदै आएको छ । गौतमनगरमा रहेको विद्यालयको भवन भाडामा लिई सेवा दिँदै आएकामा केही दिनमै अस्पतालको आफ्नै भवनबाट सेवा दिने तयारी गरिएको छ । अस्पतालमा एक नेत्र विशेषज्ञसहित नौ प्राविधिक कर्मचारीले काम गर्दै आएका छन् ।


नेपाल नेत्रज्योति  सङ्घका  सभापति  कृष्णराज धरेलका अनुसार भारतको बिहारभन्दा सेवा राम्रो र सस्तो भएकाले भारतीय नागरिक उपचारका लागि ठोरी आउने गरेका छन् । यस्तै बाराको सिम्रौनगढमा पनि आँखा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा ३० प्रतिशत भरतीय नागरिक रहेको धरेलले जानकारी दिनुभयो । भरतपुर आँखा अस्पतालमा उपचार गराउन आउनेमध्ये तीन प्रतिशत विदेशी नागरिक छन् ।

अस्पतालले विभिन्न सेवाकेन्द्रमार्फत वार्षिक एक लाख ५० हजार बढी बिरामीलाई सेवा दिँदै आएको छ । ठोरीमा मात्रै गत वर्ष सात हजारले सेवा लिएका थिए । चालू आर्थिक वर्षमा सङ्ख्या बढ्दो रहेको छ । पुस मसान्तसम्ममा पाँच हजार ६०० ले सेवा लिइसकेका छन् । रासस

Next Post

भारतीय पाइलट रिहाबारे वार्ता गर्न पाकिस्तान तयार

१६ फाल्गुन २०७५, बिहीबार १०:३४
सदरलाइनडटकम, काठमाण्डौ : भारत–पाकिस्तान बीचमा बुधबार भएको हवाई आक्रमणकै क्रममा भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमान पाकिस्तानको कब्जामा रहेका छन् । भारतले आफ्ना कमाण्डरलाई सुरक्षितरुपमा पाकिस्तानले फिर्ता गर्नुपर्ने माग गर्दै आएको छ । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भारतीय पाइलट अभिनवलाई रिहा गर्ने विषयमा भारतसँग कुरा गर्न पाकिस्तान तयार […]

सम्बन्धित