सन्तानेश्वर महादेव मन्दिर क्षेत्रको सरसफाई गर्ने तयारी

सदरलाइन संवाददाता २३ मंसिर २०८०, शनिबार १३:४९
 

नेपालगञ्ज : बाँकेको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिर क्षेत्रको बृहद् सरसफाई गर्ने तयारी गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल तरुण दल राप्ती सोनारी गाउँपालिकाको अगुवाईमा सरसफाई गर्न लागिएको हो ।

आगामी सोमबार बिहान मन्दिरमा पुगेर सरसफाई गर्ने तयारी गरिएको तरुण दल राप्ती सोनारी अध्यक्ष कुलबहादुर केसीले जानकारी दिए । सरसफाईसँगै मन्दिर दर्शन गर्ने कार्यक्रम पनि राखिएको उनले बताए । नरैनापुर गाउँपालिका अन्तरगत पहाडको चुचुरोमा पर्ने उक्त मन्दिर धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित छ ।


सरसफाई कार्यक्रममा ठुलो संख्यामा युवाहरुको उपस्थित गराउने तरुण दल राप्ती सोनारीको तयारी छ । उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु समेत उपस्थित हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज बिमानस्थलको टर्मिनल भवनको काम तीब्र

२३ मंसिर २०८०, शनिबार १३:४९
नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलको नयाँ अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तिव्ररुपमा भइरहेको छ । हालसम्म पैत्तिस प्रतिशत काम सम्पन्न भइसकेको नेपाल नागरिक उडड्यन प्राधिकरणका इन्जिनियर सुरेश यादवले जानकारी दिए । अपेक्षा गरिए भन्दा तिब्ररुपमा काम भइरहेको हो । विमानस्थल कार्यालयको २० वर्षे गुरुयोजना अनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक […]