डोल्पाको डाँफे चिडियाखाना लगिँदै

सदरलाइन संवाददाता ५ पुष २०७७, आईतवार ०९:३१
 

डोल्पा : मध्यवर्ती क्षेत्रका एक स्थानीयले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाण्डौस्थित चिडियाखाना लगिने भएको छ ।

एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका–२ रसी गाउँका वीरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएको भाले डाँफे उद्धार गरी निकुञ्जमा बुझाएका थिए । संघीय सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको निर्देशनमा डाँफेलाई चिडियाखाना लैजान लागिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।


डाँफेलाई निकुञ्ज कार्यालयमा सुरक्षित राखिएकाले केही दिनभित्रै काठमाडौं लगिने पौडेलको भनाइ छ। एक महिना यता दुई घोरल र एक डाँफेसहित तीन वटा संरक्षित वन्यजन्तु स्थानीयलेनै उद्धार गरी निकुञ्ज कार्यालयमा बुझाएका छन् ।

पछिल्लो समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयलाई वन्यजन्तु संरक्षणमा जागरुक बनाउन निकुञ्ज सफल भएको सरोकारवालको भनाई छ । संरक्षणका क्षेत्रमा उदाहारणीय काम गर्ने व्यक्ति वा संस्थालाई निकुञ्जले पुरष्कारसमेत दिँदै आएको छ ।

Next Post

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

५ पुष २०७७, आईतवार ०९:३१
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । आइतवार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ’प्रचण्ड’ […]