कोहलपुरलाई शैक्षिक हबको रुपमा विकास गरिने

सदरलाइन संवाददाता २० कार्तिक २०७९, आईतवार १४:५६
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा दुई दिने सामुदायिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकको संयुक्त बैठक एवं क्षमता विकास सम्बन्धी तालिम आइतवार समापन भएको छ ।

कोहलपुर नगरपालिकामा शैक्षिक क्षेत्र सुधारको प्रयासका लागि तालिम आयोजना गरिएको छ । यसका लागि नगरपालिकाले विभिन्न प्रयास थालनी गरेको छ । कोहलपुरलाई शैक्षिक हवका रुपमा विकास गर्ने योजना सहित नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिइरहेको जनाएको छ ।


नगर प्रमुख पुर्णप्रसाद आचार्यले शैक्षिक क्षेत्र सुधारका लागि धेरैै प्रयास भइरहेको बताए । कोहलपुरको सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिने उनले बताए । तालिमको शिक्षाविज्ञ जितबहादुर शाहले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालयलाई शिक्षकका हिसावले अभावमुक्त बनाउने कोहलपुरको संकल्प

२० कार्तिक २०७९, आईतवार १४:५६
नेपालगञ्ज : कोहलपुर नगरपालिकाले अवको पाँच वर्षभित्र नगरभित्रका सबै विद्यालयहरुलाई भौतिक पूर्वाधार र शिक्षक एवम् कर्मचारीका हिसावले अभावमुक्त बनाउने संकल्प लिएको छ । ‘गुणस्तरीय शिक्षाका लागि प्रर्याप्त लगानी, पूर्वाधार र संरचना, पश्चिम नेपालकै शैक्षिक हवको रुपमा हाम्रो नगरको स्थापना’ भन्ने मुख्य थिमसहित अवको पाँच वर्षमा नगरपालिकालाई शिक्षामा नमूना कोहलपुर बनाउने […]

सम्बन्धित