मुख्यमन्त्री आचार्यद्वारा सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन जोड

सदरलाइन संवाददाता २७ आश्विन २०८१, आईतवार १९:३५
 

अर्घाखाँची :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गृह जिल्ला अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु संग समग्र जिल्लाको सुरक्षा अवस्था र समसामायिक बिषयमा छलफल गरेका छन ।

प्राकृतिक विपद् व्यवस्थापन, समाजमा शान्ति सुरक्षा स्थापना, समुदायसंग समन्वय लगायतका बिषयमा छलफल गरेका हुन । चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनले सार्वजनिक सुरक्षा अवस्थामा सुधार आएको, आगामी दिनमा हुने मेला, पर्व तथा जात्राको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने बारेमा पनि छलफल भएको छ ।


छलफलको क्रममा मुख्यमन्त्री आचार्यले प्राकृतिक विपदले निम्त्याउने समस्या न्यूनिकरण र प्रभावकारी व्यवस्थापनको काममा सधैं तयारी अवस्थामा रहन निर्देशन दिए । जुनसुकै विपद्को प्रभावकारी व्यवस्थापनमा खटिनेगरी योजना निर्माण गर्न जोड दिए ।

समुदायसंग समन्वय गरेर सुरक्षा निकाय आपतकालिन खोज तथा उद्धार, पुर्नस्थापना लगायतको काममा खटिनुपर्ने, प्रभावितहरुलाई राहत वितरणको प्रक्रिया चुस्त बनाउने बिषयमा समेत ध्यान दिन आग्रह गरे ।

यस्तै अपराध नियन्त्रण, कानुनी शासनको सुदृढिकरण, सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायहरुको जिम्मेवारी र तिनका चुनौतीका बारेमा समेत छलफल भएको थियो । छलफलमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बावुराम अर्यालसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा हत्या भएका चन्द्रबहादुरको टाउको सेफ्टीटंकीमा भेटियो

२७ आश्विन २०८१, आईतवार १९:३५
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा हत्या गरिएका चन्द्रबहादुर कामीको टाउको प्रहरीले सोमबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले आइतबार टाउको गिडिएको अवस्थामा भेटिएको कामीको टाउको स्थानीय कमला परियारको घरको सेफ्टी टैंकीमा सोमबार बिहान भेटिएको बता जानकारी दिए । टाउको नभएको अवस्थाको […]