सदरलाइनडटकम,
कपिलबस्तु : अति बिपन्न, लक्षित वर्ग तथा संस्कृतिक महत्वका सम्पदाहरुमा बिद्युतीय मिटर निःशुल्क जडान गरिने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यलय बुटवल मातहत रहेका वितरण कार्यलयहरुबाट अति बिपन्न लक्षित वर्ग तथा संस्कृतिक महत्वका सम्पदाहरुमा बिद्युतीय मिटर निःशुल्क जडान गरिने भएको हो । आर्थिक वर्ष ०७५/०७६ मा लाईन वितरण र निःशुल्क मिटर जडानका लागि क्षेत्रीय कार्यलय बुटवलले पाँच करोड बजेट छुट्टयाएको छ ।
नगरपालिकाको सिफारिसमा त्यस्ता व्यक्ति वा सम्पदालाई बिद्युतीय मिटर निःशुल्क प्रदान गरिने नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरका प्रमुख लक्ष्मीकेशर अगञ्जाले बताए ।
(कपिलबस्तुबाट अजय मिश्रको सहयोगमा)
