बाँकेमा ५५ प्रतिशतले लगाए खोपको पूर्णमात्रा

सदरलाइन संवाददाता ५ माघ २०७८, बुधबार १२:४३
 

नेपालगञ्ज : बाँकेमा ५५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । १८ वर्षमाथिका खोप लगाउने लक्षित वर्ग चार लाख ६ हजार ६५ जना र १२ देखि १८ वर्ष उमेर समूहका ७९ हजार ८ सय ३६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।

तिमध्ये ५५ प्रतिशतले खोपको पूर्णमात्रा लगाएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । उनका अनुसार खोपको पहिलो मात्रा ८० प्रतिशतले लगाएका छन् ।


खोप लगाउने काम अहिलेपनि चलिरहेको छ । ओमिक्रोन भाइरसको संक्रमण फैलिँदै गएपछि खोप लगाउनेको संख्यामा वृद्धि भएको उनको भनाइ छ ।

अहिले पालिकाका सबै ठाउँमा खोप लगाउने व्यवस्था मिलाइएको छ । यस्तै खोपको दुवै मात्रा पूरा गरेकालाई भेरी अस्पतालमा वुष्टर खोप लगाउने कार्यक्रम पनि चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जस्थित नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

५ माघ २०७८, बुधबार १२:४३
नेपालगञ्ज : नेपाल वायु सेवा निगमको नेपालगञ्जमा रहेको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार बिहान ११ बजेसम्म सिमकोटका लागि यात्रु उडान भर्ने भनेर यात्रुलाई विमानस्थलको हलमा राखेकोमा फिर्ता पठाएपछि आक्रोशित हुम्लाका यात्रुहरूले कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् । बिहान १५ जना यात्रुहरूको बोडिङ पास दिएर सिमकोट उडान भर्ने […]