किसान परिचय पत्र वितरण गरिँदै

सदरलाइन संवाददाता १५ बैशाख २०८०, शुक्रबार १५:३९
 

नेपालगञ्ज : तुलसीपुर उपमहानगरपालिकाले किसान परिचय पत्र वितरण गरेको छ । स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु प्रोत्साहन गर्नका लागि परिचयपत्र वितरण गर्न सुरु गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रमा स्थानीय किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको विक्री गर्नका लागि किसान परिचय पत्र उपलब्ध गराएको छ ।

कृषि शाखाका प्रमुख धनराज गौतमले पहिलो चरणमा एक सय जना किसानलाई किसान परिचय पत्र उपलब्ध गराउन सुरु गरेको बताए । गैह्र किसानहरुले अन्यत्रबाट ल्याएका तरकारी बजार क्षेत्रमा यत्रतत्र विक्रि वितरण गर्न थालेपछि स्थानीय किसानहरु मारमा परेको भन्दै परिचय पत्र वितरण गर्न थालिएको हो ।


आर्थिक विकास समितिका संयोजक माधव वलीले किसानहरुले परिचयपत्र प्राप्त गरेसँगै बिहान ४ देखि ८ बजेसम्म बजार क्षेत्रमा कृषिजन्य वस्तु विक्री सहजरुपमा गर्न पाउने व्यवस्था गर्न थालिएको बताए । संयोजक वलीले परिचय पत्र नराखी बजारमा तरकारी विक्री वितरण गर्न नपाइने व्यवस्था गरिएको बताए ।

आर्थिक विकास समितिका संयोजक माधव वलीले बजारमा खुल्लारुपमा भारतीय तरकारी ठेलामा राखेर विक्री गर्दा स्थानीय किसान मारमा परेका कारण किसान परिचय पत्र वितरण गर्न थालिएको बताए । उनले सम्बन्धित वडाले तरकारी विक्री वितरण गर्ने किसानले उत्पादन गरेको विवरण सिफारिस पत्रमा जानकारी गराउनुपर्ने बताए । उनले भारतीय बजारबाट परीक्षण बिना नै तुलसीपुर बजार क्षेत्रमा तरकारी भित्रिरहेको अवस्थामा त्यस्ता तरकारी नकिन्न समेत आग्रह गरे ।

तुलसीपुर उपमहानगरपालिकाले भारतीय बजारबाट खुल्लारुपमा विषादी परीक्षण नगरेरै तुलसीपुर बजार क्षेत्रमा भित्रने तरकारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनसंगको समन्वयमा चेकजाँच गर्न थालेको नगर प्रवक्तासमेत रहेका वलीले बताए । उनले तुलसीपुर बजार क्षेत्रमा मात्रै बिना चेकजाँच नै दैनिक तीन ट्रक तरकारीजन्य वस्तु भित्रने तथ्य फेला पारिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अत्यधिक रक्तश्रावले एक महिने सुत्केरीको मृत्यु

१५ बैशाख २०८०, शुक्रबार १५:३९
नेपालगञ्ज : सल्यानमा एक सुत्केरी महिलाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका–५ कालागाउँकी ३० वर्षीया एक महिने सुत्केरी गीता विकको मृत्यु भएको हो । विकलाई उपचारको लागि सल्यान जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको सल्यान जिल्ला अस्पतालका इन्चार्ज डाक्टर अभिषेक सिंहले जानकारी दिए । उनका […]