योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाऔंः मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता ९ आश्विन २०८१, बुधबार १९:११
 

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिती अन्त्य गर्न योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउन जरुरी रहेको बताएका छन् ।

जिल्ला समन्वय समिति अर्घखाँचीको सन्धिखर्कमा बुधवार आयोजना गरिएको वार्षिक समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउने गरी हुनुपर्ने बताएका हुन ।

उनले विगतमा गरिएका कामको समिक्षा गर्दै भावि योजना निर्माणमा जुट्न आह्वान पनि गर्दै भने–‘मुलुक बनाउन बाहिरको मान्छे कोही आउने वाला छैन् । यसको जिम्मेवारी तपाई हामीलेनै उठाउनुपर्छ । तीन तहकै सरकारले आफ्ना योजनालाई परिणाममुखी बनाउन जरुरी छ । हामीले अहिलेसम्म के ग¥यौं ? के उपलब्धि भयो ? के समस्याहरु आए ? अव कसरी अघि बढ्ने योजना बनाउन जरुरी छ ।’


योजनाको समिक्षा नगरीकन अर्को योजना बनाउदा सफलता नमिल्ने भन्दै समिक्षाबाटै निकास खोज्न आह्वान गरे । चालु आर्थिक वर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् । ‘प्रदेश सरकारले पुरक बजेट ल्याउला की ? बजेट रकमान्तरण गर्ला की ? भन्ने सोंचमा हुनुहुन्छ भने त्यो सोंच त्याग्नुस । हामी पुरक बजेट पनि ल्याउदैनौं । बजेट रकमान्तरण पनि गर्दैनौं । जे बजेट आएको छ । त्यसलाई कार्यान्वयन गर्छौं’–उनले भने–‘योजना कार्यान्वयन हुदा गरिने वदमासी र चुहावटलाई रोक्न पाँच लाख भन्दा माथिका सबै योजनालाई प्रतिसपर्धाको माध्यमबाट गर्ने भनेका छौं । यो निर्णयलाई कार्यान्वयन गरेर जानैपर्छ । सबै निकायमा परिपत्र भइसकेको छ ।’

जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन नीतिगत सुधार गर्न प्रदेश सरकारले भूमिका खेल्ने विश्वास दिलाउदै भने–‘केही कानुनी बाधा, जटिलता छन् । ती बाधा, जटिलता फुकाउन हिउँदे अधिवेसनमा छलफल हुन्छ । जिल्ला समन्वय समितिको भूमिका बढाउन नीतिमै सुधार गर्छौं ।’

स्थानीय तहको कामलाई प्रभावकारी बनाउन स्थानीय सेवा ऐनले भूमिका खेल्ने, थप्नुपर्ने बिषयहरु भए संसोधन गरेर जान सकिने बाटो खुला रहेको बताए । समिक्षा कार्यक्रममा प्रदेश सभा सदस्य रामजिप्रसाद घिमिरे, पुर्व मन्त्री सुशीला सेर्पाली ठकुरीलगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जिल्ला समन्वय समिति अर्घाखाँचिका प्रमुख जिवनाराण कोइरालाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका सदस्य कमलप्रसाद घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगामी दुईवर्षमा सुरक्षण मुद्रण केन्द्र पुर्न रुपमा सञ्चलानमा ल्याइने : सञ्चारमन्त्री गुरुङ

९ आश्विन २०८१, बुधबार १९:११
काभ्रे  : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–५मा रहेको सुरक्षण मुद्रण केन्द्र आगामी दुईवर्षमा सुरक्षण मुद्रण केन्द्र पुर्न रुपमा सञ्चलानमा ल्याइने बताएका छन् । बुधबार सो केन्द्रको अवालोकन गर्दै आगामी दुई वर्ष पुर्णरुपमा सञ्चलानमा ल्याइने बताएका हुन । अवलोकनको क्रममा मन्त्री गुरुङले […]