भाइले भाला प्रहार गर्दा दाई गम्भीर घाइते

सदरलाइन संवाददाता ४ कार्तिक २०७८, बिहीबार १२:४५
 

नेपालगञ्ज : दाङमा भाइले भाला (धारीलो हतियार) प्रहार गर्दा दाई गम्भिर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका वडा नं. १ नयाँ बस्ती निबासी ३० वर्षीय लिला बहादुर वलीले आफ्नै दाई ३८ बर्षीय देबबहादुर वलीलाई भाला प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एबम् प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार बुधबार राती करिब १० बजे घरायसी विवादमा भाई लिलाले दाई देबबहादुरलाई भाला प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

भाला प्रहारबाट गम्भीर घाइते भएका देबबहादुरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर ल्याइएको छ ।

उनको दाहिने छातिमा भाला रोपिएको छ । भाला प्रहार गर्ने लिलाबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढीपहिरोमा परी ८८ जनाको मृत्यु, ३० अझै बेपत्ता

४ कार्तिक २०७८, बिहीबार १२:४५
नेपालगञ्ज : बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन्। अधिकांशको पहिराका कारण ज्यान गएको हो । बिहीवार मात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि […]

सम्बन्धित