अबैध नालकटुवा पेस्तोलसहित अटोचालक सैयद पक्राउ

२७ कार्तिक २०७६, बुधबार १२:०४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले अबैध नालकटवा पेस्तोल यात्रुबाहक अटोमा राखेर हिडि रहेको अवस्थामा अटोसहित चालकलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
अबैध पेस्तोल सहित बाँके डुडुवा गाउपालिका–४ उचेमसाहका मेराज अलि सैयदलाई बुधबार बिहान १० बजे नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहको कमाण्डमा गएको प्रहरीको टोलीले बुधबार बिहान १० बजे नेपालगञ्ज उपमहानगरपालिका वडानं. ४ गणेशपुर चोकबाट भे १ स ८३२६ नंम्बरको अटोरिक्साको डिग्गीमा कालो प्लास्टीकको झोलामा लुकाई राखेको अवस्थामा सो पेस्तोल बरामद गरेको हो ।
प्रहरीले अटो चालकको ठिक पछाडि पेसेन्जर बस्ने सिटमुनीको डिग्गीबाट कालो प्लास्टिकको झोलामा पिंक कलरको पुरानो टालोले बेरेर राखेको अवस्थामा सो पेस्तोल बरामद गरेको थियो । प्रहरीले बरामदी पेस्तोल, अटो र त्यसका चालक सैयदलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
बाँके प्रहरीले गत कात्तिक १४ गते नेपालगञ्ज–२० मनिकापुरको नमस्ते भिलेज रेस्टुरेन्टबाट तरुणदल नेपालगञ्ज सभापति संदिप जंग शाहलाई समेत उनको कारबाट अमेरिकन पेस्तोल सहित नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको हो ।
उनलाई दोस्रो पटक अनुसंन्धानको लागि म्याद थपेको छ भने, प्रहरीले आफ्ना नगर सभापति शाहलाई फसाएको भन्दै तरुणदलले चरणबद्ध आन्दोलन सुरु गरेको छ ।

Next Post

कोहलपुरमा पाँच जनाको उम्मेदवारी

२७ कार्तिक २०७६, बुधबार १२:०४
सदरलाइनडटकम, कोहलपुर (बाँके) : मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा पाँच जनाको उम्मेद्वारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट रामशरण थारु, नेपाली काँग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेपाल मजदुर किसान पार्टीबाट […]