शनिबार जोर बिजोर प्रणाली उलंघन गर्ने २०१ सवारी साधन परे कारवाहीमा

३१ श्रावण २०७७, शनिबार १९:५९
 

नेपालगञ्ज : बाँकेमा कोरनाको कहर उकालो लागेकै बेलामा जारी निषेधाज्ञा फिर्ता भएपछि हुनसक्ने भिडभाडलाई नियन्त्रण गर्न लगाईएको जोर बिजोर प्रणाली उलंघन गर्ने २०१ सवारी साधन कारवाहीमा परेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक रामबहादुर कुरुम्बाङ्गले शनिबार निषेध गरिएका जोर नंम्बरका सवारी साधन नियन्त्रणमा लिएर गरिएको कारवाहीबाट ६६ हजार राजस्व संकलन भएको जानकारी दिए ।

आईतबार विजोड नंम्बरका सवारी साधनलाई निषेध गरिएको छ । सवारी साधनको नंम्बर प्लेटमा अन्तिममा १, ३, ५, ७, ९ उल्लेख भएका सवारी साधन सञ्चालनमा रोक लागाईएको उनले बताए ।


 

 

 

Next Post

नेपालगञ्ज–२१ को नयाँबस्तीमा झडप हुँदा दुई घाइते

३१ श्रावण २०७७, शनिबार १९:५९
नेपालगञ्ज : नेपालगञ्ज वडा नं–२१ को नयाँबस्तीमा दुई युवा समूहबीच झड्प हुँदा दुई गम्भीर घाइते भएका छन् । बाँके प्रहरीका अनुसार शनिबार साँझ दुई युवा समूहबीच भएको झडपबाट राज खड्का र सलमान खान घाइते भएका छन् । खड्काकोे घाँटी र ढाडमा काटिएको चोट छ । भने सलमानको ढाड र खुट्टामा […]

सम्बन्धित