आठौं राष्ट्रिय खेलकुदको तयारी ‘युद्धस्तर’मा :  अध्यक्ष ओली

२३ जेष्ठ २०७५, बुधबार ११:०३
 

सदरलाइनडटकम
२३ जेठ, नेपालगन्ज :  आगामी मंसिरमा प्रदेश नम्बर ५ को नेपालगन्जमा ‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी ‘युद्धस्तर’मा भइरहेको छ । प्रतियोगितालाई लक्षित गरि यतिवेला भौतिक पूर्वाधार निर्माणका कामहरु भइरहेको छ । प्रतियोगितालाई सहयोग र लक्षित गरी बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने क्रम पनि यतिबेला बढेको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओली भन्छन्—‘अहिले हामी हरेक समय मिसन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बिषयमा मात्र सोच्छौ ।’
अध्यक्ष ओलीका अनुसार प्रतियोगितालाई लक्षित गरि यहाँ दुई थरी तयारी भएको मान्नुपर्छ । ‘एउटा भौतिक पूर्वाधारको र अर्को प्रतियोगिताका लागि खेलप्रेमीदेखि आम नागरिक तह सम्मलाई मानसिकरुपमा तयार पार्ने ।’ ओलीको भनाई छ,—‘भौतिक पूर्वाधारको काम अहिले ‘युद्धस्तर’मा भइरहेको छ । झण्डै ४० प्रतिशत काम सम्पन्न भइसकेको अवस्था छ । अर्को कुरा सबैलाई प्रतियोगिता भब्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि मानसिकरुपमा तयार गर्ने काम पनि भएको छ ।’
प्रचार प्रसारका माध्यमबाट होस् या शहरदेखि गाउ“सम्ममा खेलकुद प्रतियोगिता गरेर होस् माहोल बनाउने काम भइरहेको छ । नेपालगन्ज रंगशालालाई अत्याधुनिक बनाउने काम भइरहेको छ । त्यसका लागि बिभिन्न काम भएका छन् । जस्तो प्याराफिट बनाउने, ट्रयाक सम्याउने, अन्र्तराष्ट्रियस्तरको पौडी पोखरी बनाउने, भारोत्तोलन एकेडेमी बनाउने, सितापुरमा भलिबलको स्टेडियम र सुटिङ्ग रेन्ज र कर्वडहल बनाउने काम भइरहेको ओलीले बताए ।
उनले पहल गर्दा पनि योजना अनुसार काम गर्न नसकिएको स्वीकारे । भने,—‘ अन्य कुनै कारणल यसो भएको होइन । नीतिगत समस्याका कारण यसो हुन गएको हो । नीतिगत कारणले गर्दा काम अल्झेको छ । छ महिनामा सक्नुपर्ने काममा तीन महिना त सम्झौताको प्रक्रियामै लाग्छ ।’ ओली थपे—‘ अनि बा“की तीन महिनामा के काम सम्पन्न हुन्छ त ? पक्कै हु“दैन । ठेकेदारहरुको पनि समस्या छ । उहा“हरु धेरै ठाउ“मा काम गर्नुहुन्छ । अनि सबै ध्यान यता पु¥याउन सक्नुहुन्न ।’

Next Post

अटो दुर्घटनामा ४ जना घाइते

२३ जेष्ठ २०७५, बुधबार ११:०३
सल्यान । सुनौलीबजार देखि सल्लीबजार आउदै गरेको अस्थायी नम्बर से १ त ३९१४ नम्बरकोअटो आपखोलीको मोड्मा  दुर्घटना हुदा ४ जना घाइते भएका छन । घाइते हुनेमा सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा ५ वर्ष २२ कि कमला परियार, ११ महिनाका छोरा हेमन्त परियार, सोही वडाका वर्ष २३ का दिनेश परियार , […]

सम्बन्धित