बर्षात् भएपछि बाँकेका किसानहरु खुशी

सदरलाइन संवाददाता ४ श्रावण २०७९, बुधबार १४:५९
 

नेपालगञ्ज : लामो समयपछि बर्षात् भएपछि बाँकेका किसानहरु खुशी भएका छन् । पानी नपर्दा बाँकेमा रोपाई प्रभावित भएको थियो । धानको वियाड छिपिन थालेपछि किसानहरु तनावमा थिए ।

यस्तै रोपिएको धान पनि सुक्न थालेको थियो । खेतमा धाँजा फाटेको थियो । असार सकिँदा ४६ प्रतिशत मात्रै रोपाई भएको थियो । लामो समयपछि पानी परेपछि किसानहरु हर्षित भएका छन् । उनीहरु बाँकी रोपाइँ पूरा हुने भएपछि खुसी भएका हुन् । मानो खाएर मुरी फलाउने किसानले आकाशमै हेरेर दिन बिताएका थिए ।


कुलो, बोरिङ र सिक्टा नहरको पानी आउने ठाउँका किसानले धान रोपाइँ गरिसकेका छन् । बाँकेमा ठूलो भूभागमा आकाशे पानीको घरमा खेती गरिन्छ । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले साउनको ३ गतेसम्म आइपुग्दा मुस्किलले ४६ प्रतिशत रोपाइ भएको बताए । बुधवार विहानैदेखि बर्षा शुरु भएकाले अव धमाधम रोपाई शुरु हुने उनको विश्वास छ ।

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । राम्ररी पानी परेको बेलामा पनि यहाँको प्रतिकठ्ठा उत्पादन डेढ क्वीन्टल हाराहारीमा छ । यो वर्ष समयमा पानी नै नपरेकाले धान उत्पादन घट्ने निश्चितजस्तै भएको ढकालको भनाई छ । बाँकेमा असार १५ गते राम्ररी पानी परेको थियो । त्यसपछि अलिअलि पानी परे पनि रोपाईनै हुने गरी पानी परेको थिएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले कुटे हवल्दार

४ श्रावण २०७९, बुधबार १४:५९
नेपालगञ्ज : रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन् । त्रिवेणी गाउँपालिका वडा नं. ७ अँधेरीखोलामा मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन् । प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार […]

सम्बन्धित