सदरलाइनडटकम,
काठमाण्डौ : पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतवार देशभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतको शनिवार बसेको आकस्मिक पूर्णबैठकले शोकमा भोलि देशभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाद्वारा जारी विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश खत्रीको बुधवार भएको निधनबाट न्याय, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।
सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीशको रूपमा लामो समयसम्म सेवारत खत्रीको बुधवार निधन भएको थियो । खत्री २०३३ सालमा प्रधानन्यायधीमा नियुक्त भई २०४२ सालमा सेवानिवृत्त भएका थिए ।
Next Post
ईदमा सार्वजनिक विदाको माग
११ जेष्ठ २०७६, शनिबार १४:५०
सम्बन्धित
-
७ माघ २०७९, शनिबार १७:४६
नेपालगञ्जको महोत्सवमा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती रहने
-
१९ चैत्र २०७४, सोमबार १९:३४
उन्नत जातको पशुपालन गर्न अनुरोध
-
२ माघ २०८०, मंगलवार १७:३१
बैजनाथ दोश्रो उपप्रमुख कपको तयारी पुरा
-
२० श्रावण २०८०, शनिबार १६:५८
अडानद्वारा मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण
-
२८ माघ २०७६, मंगलवार १६:२७
डुडुवामा आकस्मिक आश्रयस्थल निर्माण हुँदै
-
१७ चैत्र २०७५, आईतवार १७:५२
युवामहिलालाई झोला बनाउने तालिम