बिरामी अवस्थाकि बेवारिसे बृद्धाको बाँके प्रहरीले ग¥यो उद्दार

२७ श्रावण २०७३, बिहीबार १४:१३
 

 birami birdaसदरलाइनडटकम
२७ साउन, नेपालगन्ज : नेपालगन्जको बुद्धचोकमा चार दिनदेखि बेवारिसे अवस्थामा रहेकी बृद्धालाई बाँके प्रहरीले उद्दार गरी उपचारको लागि भेरी अञ्चल अस्पताल पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक टेकप्रसाद राईको टिमले ती बेवारिसे बृद्धालाई उद्दार गरी उपचारको लागि अस्पताल पु¥याएको हो । बिरामी अवस्थामा रहेकी उनीले आफ्नो घर ठेगाना स्पष्ट रुपले भन्न पनि सक्दिनन् ।
‘नियमित गस्तिमा जाँदैगर्दा बुद्धचोकको पेटीमा चार दिनदेखि बसि रहेको स्थानीयले जानकारी दिए पछि हामीले उनलाई विरामी अवस्थामा भेटायौ र उद्दार गरी उपचाको लागि अस्पताल पु¥याएका छौ’–प्रहरी उपरीक्षक राईले भने–‘उनको देब्रे खुट्टामा भएको घाउका कारण हिड्न पनि सक्दिनन् र आफ्नो बारेमा केही पनि बताउन नसक्ने भएकोले अहिले हामीले नै उनको उपचार व्यवस्था मिलाउने प्रयासमा छौ ।’
नेपालगन्जको भेरी अञ्चल अस्पतालको प्रईभेट वार्डमा भर्ना गरी उपचार हुँदै गरेकी यी बृद्धाले आफ्नो बारेमा केही भन्न नसक्ने अवस्थामा रहेकी छन् । उनले घर कहिले सल्यान, कहिले नेपालगन्ज र कहिले सिमलघारी बताउने गरेको प्रहरी उपरिक्षक राईले जानकारी दिए । एउटा रिक्साले उनलाई ल्याएर आएको र बाटोको किनारमा छाडेर गएको स्थानीयले आफुलाई बताएको प्रहरी उपरीक्षक राईले बताए ।
उनको उपचारमा संलग्न चिकित्सकका अनुसार शरिरमा अत्याधिक मात्रामा चिनीको मात्रा बढेको कारण खुट्टा सड्न थालेको र उनको खुट्टा काटेर फाल्नु पर्ने अवस्थामा पुगेको छ ।
प्रहरी उपरिक्षक राईले उनलाई तत्काल उपचारको आवश्यकता भएकोले उपचार सुरु गरिएको र उनको घर पत्ता लगाउनको लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।birami birdha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रजातान्त्रिक र मधेसी मोर्चाको संयुक्त प्यानल घोषणा

२७ श्रावण २०७३, बिहीबार १४:१३
सदरलाइनडटकम, २९ साउन, नेपालगन्ज : आगामी भदौ ११ मा हुन गई रहेको नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र मधेसी मोर्चाका साझा समूहलले आफ्नो उम्मेदवार सार्वजनिक गरेको छ । नेपालगन्जमा शुक्रबार एक समारोहका बीच अध्यक्षका उम्मेदवार गोपालप्रसाद अधिकारी, उद्योग तर्फका उपाध्यक्ष प्रदिपकुमार गुप्ता र वाणिज्य उपाध्यक्ष अमित […]

सम्बन्धित