कोरोना कहर

तीब्र गतिमा फैलिएको संक्रमण नियन्त्रणका लागि अनिबार्य ‘लकडाउन’

रुद्र सुवेदी ५ बैशाख २०७८, आईतवार १५:३१
 

नेपालगञ्ज  :  बाँकेमा पछिल्लो समयमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । संक्रमण दर उच्च हुँदै जाँदा अवस्थालाई भयावह हुन नदिन तत्काल बाँकेमा ‘लकडाउन’ गर्नुपर्ने चिकित्सकको सुझाव भएपनि निर्णायक तहले भने सुनुवाई नगरेको गुनासो छ ।

भेरी अस्पतालले आईतबार दिउँसो १२ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार बितेको २४ घण्टामा भेरीको प्रयोगशालामा पिसिआर परिक्षण गरिएका ८१ वटा नमुनामध्ये ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसको संक्रमित दर ९२ दशमलव ६ प्रतिशत हुन आउँछ । आइतबार पुष्टि भएका संक्रमितहरूको उमेर समूहको आधारमा ७ वर्षदेखि ८३ वर्ष उमेर समूहका रहेका छन ।

हरेक दिन संक्रमितको संख्या अस्वभाविक रूपमा बृद्धी भएपछि उपचारमा खटिएका चिकित्सकहरूले चिन्ता व्यक्त गर्नुको साथै उपचारको लागि अस्पतालमा बेड अभाव हुने भयावह अवस्था आउने चेतावनी चिकित्सहरुले दिएका छन् । तिब्र रुपमा फैलिएको संक्रमणलाई तत्काल फैलिने क्रमबाट नरोक्ने हो भने, अस्पतालहरूले थेग्न नसक्ने गरी बिरामीको चाँप बढ्न सक्ने र समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको भेरी अस्पतालका मेसु डा. प्रकास थापाले चेतावनी दिए ।

उनले भने–‘ संक्रमणको दर अत्यन्तै उच्च बिन्दुमा पुगेको छ । समुदायमा फैलन नदिनको लागि अनेत्र जे भए पनि बाँकेमा भने तत्काल ‘लकडाउन’ गरी संक्रमणको चेन तोड्न आवश्यक छ । तर, हाम्रो सुझाव निर्णयक तहले सुन्दैन ।


यो गतिमा संक्रमितको संख्यामा बृद्धि हुँदै गए अस्पतालमा उपचारको लागि बेडको अभाव हुनको साथै स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त हुने देखिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेले सीमा क्षेत्रमा कडाई गर्नुको साथै स्वास्थ्यका मापदण्ड पुरा गरे नगरेको कडा अनुगमन गर्ने निर्णय गरे पनि नियन्त्रणको लागि ठोस कदम भने चाल्न सकेको देखिदैन तर, कोरोना संक्रमण भने भुसभित्रको आगो जस्तै फैलदै गएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा आइतबार पुष्टि भएका ७५ जना कोभिड संक्रमितहरूमा अधिकांशमा स्वास प्रस्वास सम्बन्धी समस्या ज्वरो वा अन्य लक्षण सहित उपचारका लागि अस्पताल आएका बिरामी हुन ।

भेरी अस्पतालको कोरोना विशेष आइसोलेसन वार्डको १ सय २ बेड र संकास्पद विरामीलाइ राख्ने ४० शैयाको प्रिआइसोलेसन वार्ड गरी जम्मा १ सय ४२ बेड सबैजसो गम्भीर प्रकृतिका विरामीले भरिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराका शिक्षकलाई शिक्षामा लैगिक रुपान्तरण शिक्षण तालिम

५ बैशाख २०७८, आईतवार १५:३१
खजुरा (बाँके) : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको र सामाजिक सचेतन सरोकार मंञ्च स्याक नेपाल बाँकेको साझेदारी तथा खजुरा गाउपालिका शिक्षा तथा खेलकुद शाखाको समन्वयमा पालिका क्षेत्रभित्र लन परियोजना संचालन भएको विद्यालयका फोकल शिक्षकहरुका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम खजुरामा आईतबारदेखि संचालन भएको छ । तीन दिनसम्म […]