सिमान्तकृतका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड

सदरलाइन संवाददाता ११ श्रावण २०७८, सोमबार १६:२२
 

नेपालगञ्ज : स्थानीय सरकारले सिमान्तकृत समुदायका कुरालाई नीतिगत व्यवस्था गर्नका लागि कार्ययोजना निमार्ण गरिएको छ । बाँके र बर्दिया जिल्लाका स्थानीय तहहरुले अल्पसंख्यक तथा पछाडी पारिएका वर्गहरुको उत्थानका लागि स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने जोड दिइएको छ ।

पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले आज सोमबार बाँके र बर्दियामा गरेको छुट्टाछुट्टै कार्यशालामा सहभागिहरुले आफुहरुको समस्या समाधानका लागि नितिगत व्यवस्था बनाउन जोड दिइएको हो ।


कार्यक्रममा सहभागि सिमान्तकृत समुदायका अगुवाहरुले स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पशु, रोजगार, क्षमता अभिबृद्धि तथा सेवाको गुणस्तरीयता बृद्धि, पहुच तथा सहभागिता लगायतका बारेमा नितिगत व्यवस्था गर्नका लागि कार्ययोजना निमार्ण गरिएको हो । निमार्ण गरिएको कार्ययोजना अनुसार स्थानीय सरकारको ध्यानाकर्षण गराइने र सो व्यवस्थाका पहल गरिने केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टले बताए ।

बाँके कार्यशालामा अधिकारकर्मी रविन्द्र कर्ण र बर्दियामा अधिबक्ता काशीराम चौधरीले सहजीकरण गरेका थिए । कार्यक्रममा बाँकेको डुडुवा र बर्दियाको बढैयाताल गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, सिमान्तकृत तथा अल्पसंख्यक, दलित समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा पहिलो दिनमै ६० प्रतिशत बढीले कोरोनाबिरुद्धको खोप लगाए

११ श्रावण २०७८, सोमबार १६:२२
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा सुरु गरिएको कोरोनाबिरुद्धको खोप प्रतिको आकर्षण बढेको उपलब्ध गराईएको खोपको संख्या बृद्धि गर्न माग गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले लक्षित समुहलाई तोकेर पठाएको खोपको संख्या अपुग हुने भएकोले संख्या बृद्धि गर्न पर्ने अवस्था आईपुगेको बताए । उनले खोपको अवस्थाबारे जानकारी लिने […]

सम्बन्धित