लुम्बिनी युवा परिषद विकास समितिको बैठक सम्पन्न

सदरलाइन संवाददाता ४ आश्विन २०८१, शुक्रबार १६:४१
 

दाङ : चालु आर्थिक वर्षको बजेट स्वीकृत गर्दै लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा युवा परिषद विकास समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले चालु आर्थिक बर्षका लागि प्रस्तावित बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो ।

चालु आर्थिक बर्षमा युवा परिषदको लागि एक करोड बजेट विनियोजन गरिएको थियो । यसमा ससर्त पुजीगत तर्फ ५९ लाख र कार्यक्रम तर्फ ४१ लखको बजेट स्वीकृत गरेको हो । बैठकले युवा परिषद समितिको हाल बुटवलमा रहेको कार्यालय लुम्बिनी प्रदेशको राजधानी क्षेत्रभित्र स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले युवाहरुलाई उद्यम, सचेतना तथा साइवर सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम केन्द्रित गर्न निर्देशन दिएका छन् ।


‘युवाहरुको समस्याको पहिचान गरेर समाधानका लागि योजना निर्माण गर्न जरुरी छ’–उनले भने–‘युवालाई आकर्षीत गर्ने, भविस्य प्रति आशा जगाउनेगरी काम गर्न जरुरी छ । यसैप्रकारका योजनाहरु बनाएर अघि बढ्नुपर्छ ।’

युवा परिषदले युवाहरुलाई साइवर सुरक्षा सम्वन्धि तालिम प्रदान गर्ने, सिमान्तकृत समुदायका युवालाई लक्षित गरेर अटो रिक्सा मर्मत तालिम, नमुना युवा संसद, लागु औषध तथा दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम, लुम्बिनी प्रदेशमा युवाको अवस्था अध्ययन तथा विश्लेषण गर्ने, युवा पिस कन्फ्रेन्स कार्यक्रम गर्ने, युवा उद्योग बाणिज्य संघ संग सहकार्य तथा अन्तरक्रिया गर्ने, स्थानीय तहमा युवा परिषद गठनका लागि सहजीकरण गर्ने बिषय समेटिएको छ ।

बैठकमा युवा परिषदका उपाध्यक्ष हंसराज खनाल, प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव विनोदकुमार खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश

४ आश्विन २०८१, शुक्रबार १६:४१
काठमाडौँ  :  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०÷०८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गरेका हुन । सो अवसरमा राष्ट्रपति पौडेलले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, […]