खजुराका अध्यक्ष कक्षपतिको नेपालगञ्जमा स्वागत

२८ असार २०७६, शनिबार १७:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : उज्वेकस्तानमा आयोजित ग्रीन एकोनोमी सम्बन्धी कार्यक्रममा सहभागी भई दीगो कृषि तथा हरित खजुराको लागि सम्झौता गरेर फर्किएका खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई नेपालगञ्ज विमानस्थलमा शनिवार स्वागत गरिएको छ ।
खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, खजुरा गाउँपालिका नेकपाका अध्यक्ष राजकुमार विक, वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खाँ, सामाजिक विज्ञ पूर्णचन्द्र उपाध्याय, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, ऋषिराम शर्मा, उद्योग वाणिज्य संघ खजुराका अध्यक्ष नेत्र रानाभाटलगायतको टोली स्वागतका लागि विमानस्थल पुगेको थियो ।
नेतृत्व गरिरहेका अध्यक्ष कक्षपतिलाई थप हौसला प्रदान गर्दै उनीहरुले खादा ओढाएर फूलमालाले सम्मानसमेत गरेका थिए । खजुरा गाउँपालिका र चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरबीच गत मंगलबार उज्वेकस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता भएको थियो ।
उज्वेकस्तानमा सञ्चालन भइरहेको ग्रीन एकोनोमी कार्यक्रममा सहभागी खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले ‘दीगो तथा हरित कृषि र हरित शहरीकरण’का लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् । खजुरा गाउँपालिका प्रमुख कक्षपति र युएनओ एसएस सी प्रमुख बीच विभिन्न देशका प्रतिनिधिको रोहवरमा सम्झौतामा हस्ताक्षर भएको थियो ।

Next Post

फोहर मैला व्यवस्थापन केन्द्रमा वृक्षारोपण

२८ असार २०७६, शनिबार १७:५६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाद्धारा शनिवार फोहर मैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइड) मा वृक्षारोपण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा न २३ स्थित ल्याण्डफील्ड साइडको क्षेत्रमा एक हजार विरुवा रोपिएको हो । एक कर्मचारी एक विरुवा, एक जनप्रतिनिधि दुई विरुवा नारासहित वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै उपमहानगरपालिकाका […]