राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश

सदरलाइन संवाददाता ४ आश्विन २०८१, शुक्रबार १७:२७
 

काठमाडौँ  :  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०÷०८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गरेका हुन ।


सो अवसरमा राष्ट्रपति पौडेलले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमासमेत पदपूर्तिको लागि जिम्मेवारी तोकेअनुसार कार्य सम्पादन गर्नु सराहनीय भएको कुरा उल्लेख गरे ।

उनले नेपाली जनताको आस्था र विश्वासको धरोहरको रुपमा रहेको आयोगले अझै व्यवस्थित, सुदृढ र प्रभावकारी ढंगले कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्ने योजना बनाउदै

४ आश्विन २०८१, शुक्रबार १७:२७
दाङ  :  लुम्बिनी प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि विभिन्न योजना बनाउने भएको छ । यसका लागि लुम्बिनी प्रदेश सरकारले वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातीको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वन भित्र संरक्षण पोखरी निर्माण लगायतका काम गरेको छ । गत आर्थिक बर्षमा ३१ वटा पानी […]

ताजा अपडेट