राप्तीसोनारीबाट हतियार र मोटरसाइकलसहित शिकारी पक्राउ

सदरलाइन संवाददाता २ भाद्र २०७९, बिहीबार १४:१६
 

नेपालगञ्ज : कोहलपुरः प्रहरीको विशेष अप्रेशन अभियानले राप्ती सोनारी ४ सिक सामुदायिक बनबाट हात हतियार सहित सिकारी पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा बुधबार मध्यराती सिक सामुदायिक बनको चुरे क्षेत्र बाट इलाका प्रहरी कार्यालय धामपुरको टोलीले १ थान लोडेट हतियार, जाल, ७ वटा मोटरसाइकल सहित राप्ती सोनारी ५ निवासी गया प्रसाद थारुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी धामपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक प्रविण डाँगीले चोरी सिकारी हुँदै गरेको विशेष सुचनाको आधारमा अप्रेसन गरेपछि हात हतियार सहित पक्राउ गर्न सफल भएको जनाकारी दिए । प्रहरीको अप्रेसनबाट भागेका सिकारीहरुको पनि खोजी कार्य भइरहेको समेत सई डाँगीले जनाए । प्रहरीले भे १० प ९८९३, भे ६ प ७५०३, भे ७ प ६०४५, भे ४ प २२७२, भे ७ प ११०८, बा २६ प ९०१६ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो ।


उनका अनुसार पक्राउ गरिएको हात हतियार, मोटरसाइकल इलाका प्रहरी कार्यालय कोहलपुरमा बिहीबार बिहान बुझाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक ऐन बहादुर मल्लले अनुसन्धान जारी रहेको र हात हतियार खरखजना सम्वन्धी मुद्दा चलाइने जानकारी दिए । डिएसपी मल्ले यस सम्वन्धी मुद्दामा ७ बर्ष कैद र ७० हजार सम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा नयाँ डायलाइसिस मेशिन जडान हुँदै

२ भाद्र २०७९, बिहीबार १४:१६
नेपालगञ्ज : गत साउनमा आइपुगेको ६ वटा डायलाइसिस मेशिन भाद्र दोस्रो सातादेखि सञ्चालनमा ल्याउने भेरी अस्पतालले तयारी गरेको छ । मेसिन अभावमा यस क्षेत्रका मिर्गौला पीडितलाई डायलाइसिस गर्न बाहिर जानु पर्ने र लामो समयपछि मात्र पालो पाउने गरेको गुनासो गरेपछि सरकारले भेरी अस्पतालका लागि थप ६ वटा मेशिन पठाएको छ […]