नेपालगन्ज उप–महानगरमा एमालेको प्रचार अभियान तीब्र

२८ जेष्ठ २०७४, आईतवार १६:०१
 

सदरलाइनडटकम  
२८, जेठ, नेपालगन्ज : स्थानीय तहको निर्वाचनको तिथि नजिकिदै गर्दा एमाले बाँकेले आ–आफ्ना उम्मेदवार सहित आफ्नो पक्षमा मत माग्दै घरदैलो र मतदाता भेटघाटलाई तीब्र बनाएको छ ।
एमालेका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकामा मेयरका उम्मेदवार समशुदिन सिद्दिकीले आईतबार बिहान एमाले पार्टी कार्यालय परिसरमा उम्मेदवार घोषणा तथा परिचय कार्यक्रम पछि उप–मेयर शान्ति ढकाल तथा विभिन्न वडामा उम्मेदवार रहेका उम्मेदवार सहित नगर परिक्रमा गरी धम्बोझी चोकमा कोण सभामा पर्णित भएको जानकारी दिए ।
एमालेका पक्षमा मत माग्दै सदरलाईन, घरबारीटोल हुँदै धम्बोझी चोकमा पुगर कोणसभामा परिणत भएको थियो सो कोणसभालाई मेयरका उम्मेदवार सिद्दिकीले सम्बोधन गर्दै भने–‘जसरी एमालेलाई २०५४ मा आफ्नो अमुल्य मत दिएर जिताउनु भयो हामिले पनि तपाईको मतको कदर गर्दै एमालेको विकास मोडल अनुसार नै नगरको विकास गर्यौ । नेपालगन्जको थप विकासको लागि एमाले नै नेतृत्वमा आउन आवश्यक छ त्यसैले आफ्नो मत एमालेलाई दिन आग्रह गर्दछु ।’
उनले केही पार्टीका उम्मेदवारले आफुले नेपालगन्जको मुहार फेरेको दावी गर्दै मतमाग्दै हिडेको बारेमा टिप्पणी गर्दै भने–‘ नेपालगन्जलाई विकास गरे भन्दै तपाईको घरदैलोमा आउलान तिनीहरुसंग सोध्नुहोस तिमिले एक्लै गरेका हौ कि एमालेको नीति अनुसार विकास गरिएको हो ।’ उनले नेपालगन्जको बृहत्तर बिकासका लागि सबैले एमालेको पक्षमा मतदान गर्न आग्रह गरे ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्यालय समयमै पुग्दैनन् राप्तीपारी फत्तेपुरका स्वास्थ्यकर्मी

२८ जेष्ठ २०७४, आईतवार १६:०१
सदरलाइनडटकम     २९ जेठ, नेपालगन्ज : बाँकेको राप्तीपारीका स्वास्थ्य चौकीमा स्वास्थकर्मी समयमा कार्यालय नजाँदा सेवाग्राही कार्यालय समयमा पनि स्वास्थ्यकर्मी आउलान र कार्यालय खोलेर उपचार पाईएला भन्दै ढोका बाहिर बस्न बाध्य छन् । सदरमुकाम नेपालगन्जदेखि करिव १५ किलोमिटर पूर्व रहेको फत्तेपुरको स्वास्थ्य चौकी त एक उदाहरण मात्र हो बाँकेका सुविधा सम्पन्न ठाँउमा […]

सम्बन्धित