स्कारपिओको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २५ फाल्गुन २०७८, बुधबार १३:०१
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा स्कारपिओको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका वडा नं.४ घर भएका २८ वर्षीय प्रहरी जवान हिरालाल थारु रहेका छन् । उनी इलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भई अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत थिए ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी–२ जीरो स्थित मंगलबार बेलुकी ७ बजे लु१च८११९ नम्बरको स्कारपिओले बाँसगढीदेखि दाङ जाँदै गरेका प्रहरी जवान हिरालाल सवार भे५प७१५५ नम्बरको मोटरसाइललाई ठक्कर दिएको थियो ।


ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रबिन्द्र खनालले जानकारी दिए ।

ठक्कर दिने जिप सहित चालकलाई अगैया प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको खैरेनीमा आगलागी हुँदा बालकको मृत्यु

२५ फाल्गुन २०७८, बुधबार १३:०१
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.९ खैरेनीमा आगलागी हुँदा १४ वर्षीय बालकको मृत्यु भएको छ । मंगलवार राती बारबर्दिया नगरपालिका खैरेनीमा आगलागी हुँदा घरमा सुतिरहेका १४ वर्षीय बालक दिनेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हेमबहादुर शाहीले जानकारी दिए । उनी घरमा एक्लै सुतिरहेको अवस्थामा अचानक […]