सुर्खेत–दैलेख सीमा रानीमत्तामा फोर्सगाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, २५ घाइते

सदरलाइन संवाददाता २३ कार्तिक २०८१, शुक्रबार १६:४८
 

सुर्खेत : दैलेखबाट सुर्खेत आउदै गरेको फोर्स गाडी रानीमत्तामा आज दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुको साथै सो घटनामा परेर २५ जना घाइते भएका छन ।

दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी तीव्रगतिका कारण दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी ) वीरेन्द्रवीर विश्वकर्माका अनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । अहिले २५ जना घाइतेलाई उद्दार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको छ ।

दैलेखबाट सुर्खेत आउन २९ जना सवार उक्त गाडी सडक भन्दा झण्डै दुई सय मिटर तल खसेको छ । घटनाको बिस्तृत आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वैकुण्ठधाम आध्यात्मिक महोत्सवको पहिलो दिनमै करिव ८ लाख संकलन

२३ कार्तिक २०८१, शुक्रबार १६:४८
नेपालगञ्ज : नेपालगञ्जको रामलिला मैदानमा प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ सुरु भएको वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा आज शुक्रबार पहिलो दिनमै करिव ८ लाख आर्थिक संकलन भएको छ । वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा श्रीमदभागवत कथा वाचन प्रारम्भ भएको हो । प्रवचनका क्रममा पं पोखरेलले अन्य बेलामा हुने गरेको महायज्ञ […]

सम्बन्धित