आवाञ्छित गतिविधी रोक्न जमुनाहा नाकामा कुकुर परिचालन

सदरलाइन संवाददाता २३ आश्विन २०७८, शनिबार १३:५४
 

नेपालगञ्ज : चाडपर्व नजिकिँदै जाँदा आवाञ्छित गतिविधी रोक्न बाँके प्रहरीले जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । नेपालगञ्जको जमुनाहा नाकामा शनिवार बिहानैदेखि तालिम प्राप्त कुकुरसहितको सुरक्षा जाँच शुरु भएको छ ।

दशैं तिहार लक्षित विशेष सुरक्षा योजना अन्तर्गत नेपाल–भारतसँग जोडिएको जमुनाह नाकामा तालिमप्राप्त कुकुरहरुको सहयोगमा नेपाल भित्रिने यात्रुहरुलाई जाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।


भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डग हेन्डलर सहित सुरक्षाकर्मीहरु सीमानाकामा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १७ संक्रमित थपिए, ६ जना डिस्चार्ज

२३ आश्विन २०७८, शनिबार १३:५४
नेपालगञ्ज : बाँकेमा शनिवार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६९ नमुना परीक्षण गर्दा थप १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३७ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी […]