नेपालगञ्जमा भएको तिज विषेश एकल नृत्यमा झरनाले मारिन बाजी

सदरलाइन संवाददाता २२ भाद्र २०८१, शनिबार १४:१०
 

नेपालगञ्ज :  हरितालिका तीजको अवसरमा देउती सोप एण्ड केमिकल्स प्रालिद्वारा नेपालगञ्जमा आयोजना गरिएको तीज विशेष एकल नृत्य प्रतियोगितामा झरना सुनार प्रथम भएकी छिन ।

झरनाले ४० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै नृत्यमा जित हासिल गरेकी हुन् । उनले यो संगै २० हजार नगद पुरस्कार प्राप्त गरेकी छन् । नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा शुक्रवार तीज विशेष एकल नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।

यसैगरी तीज विशेष एकल नृत्य प्रतियोगिताबाट पूर्वी बिक दोस्रो हुँदै १० हजार, सुवेच्छा सिंह तेस्रो हुँदै ५ हजार, सुबिना थापा मगर र रोजिना बमले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

प्रतियोगितामा सान्त्वनालाई देउती सोप एन्ड केमिकल्स प्रालिीद्वारा गिफ्ट ह्याम्पर र सारीसहित प्रमाणपत्र वितरण गरिएको देउती सोप एन्ड केमिकल्स प्रालिका आधिकारिक विक्रेता राठोर जनरल स्टोरका प्रोप्राइटर रामकुमार राठोरले जानकारी दिए ।


यस्तै तीज विशेष एकल नृत्य प्रतियोगिता कार्यक्रममा राष्ट्रिय कलाकार तथा बाँकेकी चेली गायिका सपना शाहीको बेजोड प्रस्तुति रहेको थियो । चर्चित गायिका सपनाले आफ्ना गितहरू मार्फत नारीहरूलाई खुब नचाएकी थिईन । कार्यक्रममा राष्ट्रिय कलाकार तथा नृत्यङ्गना करिश्मा शाहीको पनि बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रसान्त विष्ट, विशिष्ट अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी खग्रेन्द प्रसाद रिजाल, अतिथिहरुमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी तुलबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेड क्वार्टर बाँकेका प्रमुख एसपी विमल डागी र अतिथिहरुमा नेपालगञ्ज उद्योग वाणिज्य सघंका पूर्व अध्यक्ष नन्द्रला वैश्य, उपाध्यक्ष चिरञ्जिवी ओली, सघंका पूर्व सदस्य दिप्रेन्द विष्ट र राठौर जनरल स्टोरका सन्चालक राजकुमार राठौर लगाएतका रहेको कार्यक्रमको अध्क्षता देउती सोप एण्ड केमिकल्स प्रालिंका सन्चालक डम्बर ओलीले गरेका थिए ।

सो अवसरमा पाहुनाहरुलाई आयोजकले कम्पनीका उत्पादन रिठ्ठा पात डिटरजेन्ट पाउडर, भेरी डिटरजेन्ट पाउडर, लुगा धुने सावुन, भाडा धुने सावुन मायाको चिनो स्वरुप प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा तातो चिसो ‘रेसिस्ट’ गर्ने घर निर्माण गरिदै

२२ भाद्र २०८१, शनिबार १४:१०
नेपालगञ्ज  : बढ्दो अव्यवस्थित शहरीकरणसंगै उर्जाको खपत न्यून गराउने बाताबरणमैत्री घर निर्माणको लागि नेपालगञ्ज उपमहानगरमा पहल सुरु भएको छ । बाताबरणमा आएको परिवर्तनका कारण बढ्दो तापक्रमलाई नियन्त्रण गरी उर्जाको खपतमा समेत न्यूनिकरण हुने खालका प्रविधिले घर निर्माण गर्न थालिएको हो । अव्यवस्थित शहरीकरणका कारण बाताबरणमा भएको प्रभावलाई कम गर्नको लागि […]