नेपालगञ्जमा तातो चिसो ‘रेसिस्ट’ गर्ने घर निर्माण गरिदै

रुद्र सुवेदी २३ भाद्र २०८१, आईतवार १८:१५
 

नेपालगञ्ज  : बढ्दो अव्यवस्थित शहरीकरणसंगै उर्जाको खपत न्यून गराउने बाताबरणमैत्री घर निर्माणको लागि नेपालगञ्ज उपमहानगरमा पहल सुरु भएको छ । बाताबरणमा आएको परिवर्तनका कारण बढ्दो तापक्रमलाई नियन्त्रण गरी उर्जाको खपतमा समेत न्यूनिकरण हुने खालका प्रविधिले घर निर्माण गर्न थालिएको हो ।

अव्यवस्थित शहरीकरणका कारण बाताबरणमा भएको प्रभावलाई कम गर्नको लागि प्रकृतिक रुपमै बाताबरणलाई सन्तुलनमा राख्ने घरको निर्माण गर्न थालिएको विल्डिङ्ग इनर्जी ईफिसियन्सी ईन नेपालका परियोजना ईञ्जिनियर अभिशेष कर्णले जानकारी दिए ।

विल्डिङ्ग इनर्जी ईफिसियन्सी ईन नेपालका परियोजना ईञ्जिनियर कर्ण अनुसार युरोपियन युनियनको अर्थिक सहयोगमा नेपालको बाग्मती, गण्डकी र लुम्बिनी प्रदेश गरी तीन प्रदेशको ६० वटा पालिकामा कार्यक्रम लागू हुने जनाईएको छ ।

उनले घर निर्माण गर्दा खेरी नै बाहिरको तातो भित्र नजाने र भित्रको तापमान यथास्थितिमै रहेने गरी घर निर्मँण गरिने भएकोले पहिलो चरणमा बाँके र बर्दियाका घर बनाउने २० डकर्मीलाई ३ दिनको तालिम दिईएको बताए ।

उनले भने–‘बाताबरणमा आएका परिवर्तनका कारण गर्मीमा दैनिक रुपमा तातो हुने र जाडोमा अधिक चिसो हुने भएकोले जाडो र गर्मीमा सन्तुलन राख्ने गरि डिजाईन तयार पारेर बाताबरण मैत्री घर निर्माण गर्ने उद्देश्यले काम सुरु गरेका छौ । यसका लागि ३ दिनको डकर्मी (घर बनाउने मिस्त्रीलाई) तालिम समेत दिएका छौ ।’

बाँकेको नेपालगञ्जमा गर्मीमा अत्याधिक तातो र जाडो याममा अत्यधिक जाडो हुने भएकोले दुबै अवस्थामा बतारणलाई सन्तुलन राख्ने डिजाईन तयार गरी घर निर्माण सुरु गरिएको विल्डिङ्ग इनर्जी ईफिसियन्सी ईन नेपालका विल्डिङ्ग मेटेरियल एक्सपर्ट ईञ्जिनियर सानु बाबु डंगोलले जानकारी दिए ।


उनले घर बनाउदै गर्दादेखि नै तातो र चिसोलाई सन्तुलनमा राख्ने सामग्री प्रयोग गरी निर्माण गर्दा घर बाताुकुलित हुने र भूकम्पीजय जोखिमबाट पनि जोगिने किसिमको डिजाईन तयार पारेर घर निर्माण गर्नमा प्रत्साहन गर्दै आएको बताए ।

नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज हिटवेभ र शितलहरको प्रकोपले प्रताडित हुँदै गरेको शहर भएकोले यस्तो प्रविधिको प्रयोग गरी घर निर्माण गर्ने घर धनीलाई नक्सापास वा अन्य सुविधा उपलब्ध गराउने गरी भवन आचारंिहिता निर्माण गरी लागू गर्ने बताए ।

उनले भने–‘ विल्डिङ्ग इनर्जी ईफिसियन्सी ईन नेपालले घर निर्माणकै चरणदेखि नै बाताबरणमैत्री र तातो चिसो रोक्ने घर निर्माण गर्नको लागि नेपालगञ्जमा परियोजना ल्याएकोमा स्वागत गर्दै त्यो परियोजना लागू गर्नमा उपमहानगरले गर्ने सहकार्यका बारेमा योजना बनाउदै छौ ।’

उनले वातानुकुलित घर बनाउने घरधनीलाई उपमहानगरले नक्सा पास गर्दा वा राजस्वलगायतका विषयमा छुट दिन सकिन्छ योजना बनाउदै गरेको अवस्था भएको जिकिर गरे ।

विल्डिङ्ग इनर्जी ईफिसियन्सी ईन नेपालले तयार गरेको डिजाईन तथा प्रविधि प्रयोग गरेर घर निर्माण गर्दा तातो चिसो बनाउन लाग्ने उर्जाको खपत हुने र घर पनि प्राकृतिक रुपमै बाताबरण मैत्री हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आयुर्वेद चिकित्सालाई स्तरीय बनाउने मुख्यमन्त्री कार्कीको जोड

२३ भाद्र २०८१, आईतवार १८:१५
झापा  : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयुर्वेद चिकित्सालाई स्तरीय बनाएर अगाडि लैजानु पर्ने कुरामा जोड दिएका छन् । मुख्यमन्त्री कार्कीले कोशी प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापामा आयोजित कार्यक्रममा कोशी प्रदेश जडिबुटीहरुको समेत भण्डार रहेको र यही औषधि उत्पादन गरेर प्रदेशको आम्दानी बढाउन सकिने उल्लेख गरे मुख्यमन्त्री कार्कीले प्रदेशिक आयुर्वेद […]