लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन शुरु

सदरलाइन संवाददाता १७ चैत्र २०७९, शुक्रबार १३:२५
 

नेपालगञ्ज : नेपाल पत्रकार महासंघको आयोजनामा राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा शुरु भएको छ । राष्ट्रिय मिडिया सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उदघाटन गरिन् ।


देशभरका पत्रकार महासंघका अध्यक्ष, संगठनका अध्यक्ष तथा पदाधिकारीहरू सम्मेलनमा सहभागी छन् । तीन दिनसम्म चल्ने सम्मेलनले मिडिया सञ्चालन सम्बन्धी नीतिगत विषयमा छलफल गरी घोषणापत्र जारी गर्ने आतिथ्यता गरेको नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके, रौतहट र सर्लाहीका ८ नाबालिगको उद्धार

१७ चैत्र २०७९, शुक्रबार १३:२५
नेपालगञ्ज : भारतको विभिन्न सहरमा रोजगारीको सिलसिलामा रहेका रौतहट, सर्लाही र बाँकेका ८ जना नाबालिगलाई एक गैरसरकारी संस्थाले उद्धार गरेको छ । सामुदायिक विकास तथा सचेतना नेपालको पहल तथा जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा बाध्यकारी तथा मानव बेचबिखनको उच्च जोखिममा रहेका ८ नेपाली बालकको उद्धार गरेको हो । […]

सम्बन्धित