बाँकेमा यसरी मनाईयो प्रहरी दिवस

२० आश्विन २०७३, बिहीबार १२:१६
 

सदरलाइनडटकम   IMG_9961       
२० असोज नेपालगन्ज : अञ्चल प्रहरी कार्यालय भेरीको आयोजनामा ६१ औं प्रहरी दिवस बाँकेमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईको छ । दिवसका आवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरिएको थियो । सोही अवसरमा बाँकेका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिलाई सम्मान एवं प्रहरी अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
भेरी अञ्चल प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरीलाई सहयोग पु¥याउने विभिन्न संघ संस्थालाई सम्मान तथा विभिन्न खेलकुद प्रतियोतिमा बिजेता हुने प्रहरीलाई पुरस्कार प्रदान गरिएको छ ।
प्रहरीलाई सहयोग पु¥याएको भन्दै माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जका केशव कोईराला, नेपाल पत्रकार महासंघ बाँकेका रुद्र सुवेदी, महिला तथा बालबालिका कार्यालय बाँकेका बिन्दु कुँवर, साथी संस्था नेपालगन्जका कमला पन्त, जिल्ला बाल क्लव सञ्जाल बाँके, निर्माण व्यवसायी संघ बाँके लगायतलाई प्रशसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले प्रहरी सबैको साथी भएकाले प्रहरीको काममा सबैले सहयोग गर्नुपर्ने बताए । उनले प्रहरीले आफ्नो स्थापन दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेर आफ्नो नागरिक उत्तरदायित्व समेत निभाएको भन्दै सरहाना गरे ।

IMG_0003
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक प्रसाद राईले स्वागत गरेका थिए । कार्यक्रममा अमर प्रहरी परिवारको तर्फबाट एकमया विक, पूर्व प्रहरी नायव उपरिक्षक लक्ष्मी नारयण श्रेष्ठले मन्तव्य राख्नुको साथै विभिन्न प्रतियोगितामा प्रथम द्वितिय र तृतिय भएका प्रहरी तथा पूर्व प्रहरीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

IMG_9999
मध्यपश्चिमाञ्चल क्षेत्रीय तालिम केन्द्र नेपालगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानसिङ बोहराको अध्यक्षतामा भएको समारोहको प्रहरी निरीक्षक नवराज प्रोख्रेलले संचालन गरेको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसंधान आयोग सम्पर्क कार्यालय कोहलपुरका प्रहरी उपरिक्षक कुबेर सिंह कठायत, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेशप्रसाद काफ्ले, पत्रकार, प्रहरी अधिकृत तथा जवान, पुर्व प्रहरीहरु, पुर्व प्रहरीका परिवारहरु लगायतको उपस्थिती रहेको थियो । प्रहरी ऐन,२०१२ को जारीसँगै प्रहरी संगठनको विविधवत् रुपमा स्थापना भएको अवसरमा दिवस मनाइँदै आएको छ ।

IMG_0005

IMG_0015


IMG_0002

IMG_9964

IMG_0013

IMG_0021

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाम्रो गौरव :

२० आश्विन २०७३, बिहीबार १२:१६
६१ औ प्रहरी दिवसको अवसरमा अञ्चल प्रहरी कार्यालय भेरीमा रहेका अमर प्रहरी स्तम्भमा श्रद्धाञ्जली अर्पण गर्दै ।सदरलाइनडटकम

सम्बन्धित