भारतीय बजार रुपईडिहामा एकजनाको शव भेटियो

सदरलाइन संवाददाता ३ असार २०७९, शुक्रबार १६:४५
 

नेपालगञ्ज : सीमावर्ती भारतीय बजार रुपईडिहामा एक जनाको शव भेटिएको छ । रुपईडिहाको मुनिरगञ्ज भठ्ठास्थित तलाउमा मृत भेटिएका व्यक्तिको साथमा नेपाली मतदाता नामावलीको दुृईवटा परिचय पत्र फेला परेको छ ।

मृतकको साथबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का समिर जसगढ र सैजहा जसगढको मतदाता परिचयपत्र फेला परेको भारतीय प्रहरीले जनाएको छ ।

मृतक र परिचयपत्रमा नाम उल्लेख भएका व्यक्ति फरक–फरक भएको जमुनाहा नाकामा रहेका नेपाल प्रहरीका वरिष्ठ सई माधव रिजालले जानकारी दिए । ‘मृतकको साथमा भेटिएको परिचयपत्रमा नेपालागञ्ज वडा नं. ११ का समिर जसगढ उल्लेख छ ।


नेपालगञ्ज वडा नं. ११ मा सम्पर्क गर्दा जसको परिचयपत्र हो समिर जसगढ सम्पर्कमा आयो, वरिष्ठ सई रिजालले भने । उ सम्पर्कमा आयो । मृतक को हुन् पत्ता लागेको छैन ।’

मृतक नेपाली हुन् कि भारतीय हुन् यकिन भएको छैन । भारतीय प्रहरीले मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला चिकित्सालय बहराइच पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा यसवर्ष १ सय ३३ हेक्टर क्षेत्रफलमा बृक्षारोपण गरिने

३ असार २०७९, शुक्रबार १६:४५
नेपालगञ्ज : सरकारले असार महिनालाई बृक्षारोपणको महिनाको रुपमा मनाउँदै छ । असार महिना बृक्षारोपणको महिना भएको हुनाले डिभिजन बन कार्यालय बाँकेले यस वर्षपनि बृक्षारोपण गर्ने जनाएको छ । गतवर्ष ५० हेक्टर क्षेत्रफलमा बृक्षारोपण गरेको बन कार्यालयले यस वर्ष जिल्ला भरिनै झन्डै १ सय ३३ हेक्टर क्षेत्रफलमा बिरुवा रोप्ने लक्ष्य लिएको […]

सम्बन्धित