बर्तमान सरकार गठन प्रकृया नै अबैध छ : पूर्व प्रधानमन्त्री प्रचण्ड

सदरलाइन संवाददाता १६ भाद्र २०८१, आईतवार १४:०१
 

नेपालगञ्ज  : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार गठन प्रकृया नै अबैध भएको बताउदै यसलाई सडकबाट प्रतिकार गर्ने चेतावनी दिएका छन् । प्रेस सेन्टर बाँकेले आइतबार बिहान आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले सो चेतावनी दिएका हुन ।

सरकार गठन प्रक्रिया समेत बैध नभएको कुरामा जोड दिदै पूर्व प्रधानमन्त्री समेत रहेका उनले सरकार कसले गठन गरेको हो भन्ने कुरा देखिसकेकोले यो सरकारको बैधता नभएको ठोकुवा गर्दै भने–‘ यो सरकार कसले र कुन स्वार्थको आधारमा गठन गर्यो छर्लङ्ग भयो । बल मिचाईको भरमा गठन भएको सरकारलाई अन्तराष्ट्रिय रुपमा समेत मान्यता दिएको छैन ।’

उनले– भने ब्रिटिस सरकारका प्रधानमन्त्रीले आफु प्रधानमन्त्री नहुँदा पनि देशको प्रधानमन्त्रीलाई लेखेको पत्र मलाई बुझाउन राजदूत नै आएर बुझाए । मैले म अहिले प्रधानमन्त्री छैन किन मलाई यो पत्र भनेर सोध्दा ब्रिटिस प्रधानमन्त्रीले नै तपाईलाई दिनु भनेर ल्याएको जवाफ पाए ।’

आफू नेतृत्वमा रहँदा संकटमा परेको देशको अर्थतन्त्रलाई माथि उकास्ने काम गरेको र भ्रष्टचारलाई नियन्त्रण गरेको दावि गर्दै भ्रष्टलाई बचाउन यो सरकार बनेको उनको प्रतिक्रिया थियो ।


उनले बर्तमान सरकारलाई बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सुझाव दिदै पार्टीमा फुटको अवस्था र नेतृत्व परिवर्तनका विषयमा राखिएको जिज्ञासामा पार्टीभित्र बहस र छलफल भइरहको बताउदै पार्टीभित्र फुटको अवस्था नभएको र नेता कार्यकर्ताले आफुलाई नै नेतृत्वमा देख्न चाहेको सुझाव आएको बताए ।

उनले उपयुक्त समयमा आफुले नयाँ नेतृत्व हस्तान्तरण गर्ने बताउदै आफ्ना लागि अध्यक्ष पद ठूलो कुरा नभएको बताए । माओवादी अब जनतामा केन्द्रित हुने बताउदै माओवादीले जनता कै मुद्दा बोकेर आए र अहिले पनि जनताकै साथमा रहेको अध्यक्ष दाहालले बताए ।

पार्टीले आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्न उनीसगै पार्टी नेताहरु चन्द्र खनाल बलदेव, पम्फा भूसाल, पूर्णा सुवेदीलगायतका नेताहरु नेपालगञ्ज आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यो सरकारले नै अब मुलुकको भाग्य र भविष्य निर्माण गर्छ : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

१६ भाद्र २०८१, आईतवार १४:०१
जनतामा छाएको चरम निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको डेढ महिना नाघेको छ । मुलुकका विद्यमान समस्याहरू समाधान गरेर तीब्र आर्थिक विकास गर्ने र सुशासनको अनुभूति गराई […]

सम्बन्धित