कामका लागि भारत जानेको लर्को

सदरलाइन संवाददाता २८ असार २०७८, सोमबार १४:४०
 

नेपालगञ्ज : पश्चिम नेपालका प्रमुख नाका भएर भारत जानेको लर्को लागेको छ । नेपालगञ्जको जमुनाह, कञ्चनपुरको त्रिनगर–गौरीफन्टालगायतका नाका भएर भारत जानेको लर्को लागेको हो ।

महिला बालबालिकादेखि कलिलो उमेर समूहका युवासँगै वयस्क पुरुषहरु पनि भारत जानका लागि आफ्नो नाम दर्ता गरिरहेका दृष्य देखिएका छन् । कोरोनाको प्रभाव कम भएसँगै रोजगारीकै लागि भारत पस्न बाध्य भएको जमुनाह नाकामा भेटिनुभएका जाजरकोट पझारुका वीरेन्द्र पुनले बताए ।


निषेधाज्ञाका कारण घर खर्च चलाउन समेत मुस्किल हुन थालेपछि पुनः भारत जानुपर्ने बाध्यता आइलागेको उनको दुःखेसो छ । कोभिड संक्रमणको दोस्रो लहरको दर घटिरहेको भए पनि अझै पूर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन । तर त्रासदीका बीच जीविका चलाउन मजदुरी गर्न भारत जाने क्रम भने बढ्दै गएको छ ।

निषेधाज्ञाकै बीच यी विभिन्न सीमा नाका भएर भारत जानेहरुको ताँती छ । घरमै बसेर रोजगारी नपाउँदा भोको पेट पाल्नकै लागि जोखिम मोलेरै भारत जाने नेपालीहरूको लाम लागिरहेको छ । कोरोना संक्रमणपछि स्वदेश फर्केका युवा रोजगारीका लागि पुनः भारत जाने क्रम बढेको छ ।
स्वेदशमै रोजगारीको अवसर नहुँदा जमुनाह, गौरीफन्टा र गड्डाचौकी नाका हुँदै भारत जान थालेका छन् । रोगले भन्दा भोकले पिरोल्न थालेको उनीहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १२ जनामा कोरोना पुष्टि, ९ जना डिस्चार्ज

२८ असार २०७८, सोमबार १४:४०
नेपालगञ्ज : बाँकेका थप ६ जनामा कोरोना पुष्टि भएको छ । जुन जम्मा परिक्षणको ५० प्रतिशत हो । सोमवार ९ जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका समेत गरी १२ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप मृत्यु भएको छैन । भेरी अस्पतालमा […]

सम्बन्धित