मुख्यमन्त्री पोख्रेलद्वारा दशैंको शुभकामना

२१ आश्विन २०७६, मंगलवार १५:००
 

सदरलाइनडटकम,
बुटवल : नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा मुख्यमन्त्री शंकर पोख्रेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
असत्यमाथि सत्यको विजयका रुपमा मनाईने यस पर्वले हरेक नागरिकलाई सत्यको बाटोमा हिँड्न र सकारात्मक सोँचको विकास गर्न प्रेरणा दिन सकोस् भन्ने शुभेच्छा शुभकामना सन्देशमा व्यक्त गरिएको छ । हरेक नेपालीमा सकारात्मक सोचको विकास गराउँदै यस पर्वले हरेकका विचमा सुमधुर सम्वन्ध स्थापित गराउन सकोस’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
बहुजाति, बहुसँस्कृति, बहु धर्म र बहु परम्परा जस्ता विविधता भएको देशमा चाडपर्वहरुले हरेक जातिमा एकता, भ्रातृत्व, सहिष्णुता र मेलमिलापको भावना विकास गराउन सकुन् भन्दै मुख्य मन्त्री पोख्रेललेले चाडपर्वमा अरुको देखासिकी गरेर फजुल खर्च गर्नु भन्दा पनि आफ्नो हैसियतअनुसार मनाउनुपर्ने कुरामा जोड दिएका छन् ।


Next Post

घाइते गाईको कोहलपुरबाट उद्धार

२१ आश्विन २०७६, मंगलवार १५:००
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका पिपरीमा सडक दुर्घटनामा गम्भिर घाइते भई दुई सातादेखि छटपटाईरहेको गाईको बिहीवार नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले उद्धार गरेको छ । नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाको निर्देशनमा नगर प्रहरी निरीक्षक सुर्य बोगटी, प्रहरी सहायक निरीक्षक विकास गौतम, पशु स्वास्थ्य शाखा प्रमुख लक्ष्मी शाहीसहितको टोलीले गम्भिर घाइते पशुलाई […]