दुई दिनपनि टिकेन बाँके प्रशासनको निर्णय

२३ जेष्ठ २०७७, शुक्रबार १७:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा बार अनुसार व्यवसाय सञ्चालन गर्न दिने निर्णय प्रशासनले दुई दिनमै फिर्ता लिएको छ । सर्वसाधारणको जनजीविकालाई सहज बनाउन जिल्लामा समयतालिका अनुसार पसल, व्यवसायहरु सञ्चालन गर्न दिने सर्वदलीय निर्णय भएको थियो ।
तर अनुमति पाएको दुई दिनमा पसल तथा व्यवसायीले स्वास्थ्य सुरक्षा सम्बन्धीको मापदण्ड पुरा नगरेका कारण यसअघि बार अनुसार व्यवसाय सञ्चालन गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रवार फिर्ता लिएको जनाएको छ ।
प्रशासनले शुक्रवार सूचना जारी गरी लकडाउनलाई व्यवस्थित बनाई आम मानिसको जनजीविकालाई सहज बनाउन समयतालिका अनुसार पसल, व्यवसाय संचालन गर्न दिएको अनुमित फिर्ता भएको जनाएको हो ।
यही २१ गते सर्वदलीय बैठकले समयतालिका अनुसार व्यवसाय, पसल सञ्चालन गर्न दिने निर्णय गरेको थियो । २२ र २३ गतेको बजार अनुगमनको अवस्थाले कोरोना भाइरसको जोखिम बढ्न सक्ने अवस्था बढेको पाइएकाले निर्णय फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए ।


Next Post

बाँके बर्दियाका थप ४० जनामा कोरोना पुष्टि

२३ जेष्ठ २०७७, शुक्रबार १७:५६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके र बर्दियाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिवार दिउँसो सूचना जारी गर्दै बाँके र बर्दियाका ४० जनामा कोरोना संक्रमण रहेको पुष्टि गरेको हो । अस्पतालका अनुसार नेपालगञ्ज–१ का १ जना, बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ का ७ जना […]