सार्क पत्रकार मञ्चका अन्तराष्ट्रिय अध्यक्ष लामा भारतमा पत्रकारिताका विद्यार्थीबीच अतिथि वक्ताका रुपमा प्रस्तुत

सदरलाइन संवाददाता १२ भाद्र २०८१, बुधबार २०:१८
 

 

दिल्ली :  भारतको दिल्लीमा रहेको महाराजा अग्रसेन इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडीजको पत्रकारिता तथा जनसञ्चार विभागको तालिम तथा व्यवस्थापन केन्द्र (एमएआईएमएस)को आयोजनामा ‘पत्रकारितामा अन्तरदृष्टि’ विषयमा अन्तरक्रियाको आयोजना गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि वक्ताको रुपमा सार्क पत्रकार मञ्चका अन्तराष्ट्रिय अध्यक्ष तथा टाइम्स एसियनका सम्पादक राजु लामालाई निम्त्याईएको थियो ।

एमएआईएमएस का संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार डा. नन्द किशोर गर्गले कार्यक्रमका अतिथि वक्ता लामालाई स्मृति चिन्ह प्रदान गरेर स्वागत गरेका थिए । अतिथिको बहुमूल्य समय र विद्यार्थीहरूलाई पत्रकारिताको बुझाइमा अन्तरदृष्टिपूर्ण योगदानको कदर गर्दै प्रशंसाका यी टोकनहरू प्रदान गरिएको थियो ।

कार्यक्रममा सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष लामाले सो संस्थामा अध्ययनरत बिए (जेएमसी) विद्यार्थीहरूलाई पत्रकारिताको बारेमा विस्तृत जानकारी दिदै यस क्षेत्रका बारेमा आफ्नो अनुभव र अनुभुतीको बोरमा जानकारी गराए ।


उनले पत्रकारिताको मूल सिद्धान्त, वर्तमान चुनौतिहरू र सञ्चारमाध्यममा भएका गतिशील परिवर्तनहरू समेटेर पत्रकारिताको विस्तृत बुझाई बारे सो शैक्षिक संस्थामा पत्रकारिता अध्ययन गर्दै आएका विद्यालयलाई जानकारी गराएका थिए ।

अध्यक्ष लामाले भारत र नेपालबीचको सम्बन्ध र सार्क राष्ट्रहरूमा यसको वर्तमान पत्रकारिता प्रवृत्तिलाई प्रकाश पारे । उनले डिजिटल मिडियाको प्रभाव, प्रेस स्वतन्त्रता सम्बन्धी मुद्दाहरू र राजनीतिक र सांस्कृतिक कारकहरूको प्रभावको बारेमा छलफल गर्दै यी क्षेत्रहरूमा पत्रकारिता कसरी विकास भइरहेको छ भन्ने बारे विस्तृत रुपमा व्याख्या गरेका थिए ।

अध्यक्ष लामाले सीमा क्षेत्रबाट काम गर्दा पत्रकारहरूले सामना गर्ने विशेष अवसर र चुनौतिहरूको बारेमा चर्चा गरेका थिए ।उनको भनाई प्रति विद्यार्थीहरूलाई यी देशहरूमा पत्रकारहरूले सामना गर्ने साझा चुनौतीहरू र तिनीहरूलाई सम्बोधन गर्न प्रयोग गरिने रणनीतिहरूको बारेमा जान्ने अवसर प्राप्त गरेको बताउदै धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा उमेश सी पाठकले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा संकाय सदस्य तथा विद्यार्थीहरुसँगको सामुहिक तस्बिर लिइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गनापुरमा सडक दुर्घटना हुँदा २ को मृत्यु २७ घाइते

१२ भाद्र २०८१, बुधबार २०:१८
नेपालगञ्ज :  कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुर नजिकै बस दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुको साथै २७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्ज आउँदै गरेको बस गन्तब्यमा पुग्नलाई करिव १० किलोमिटर बाँकी रहदै बाँकेको जानकी गाउँपालिका गनापुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान करिव ११ ः १५ […]