महिला तथा बालबालिकाका हिंसाका घटनामा गम्भीर बन्न माग

१८ चैत्र २०७४, आईतवार १८:३०
 

सदरलाइनडटकम   
१८ चैत, नेपालगन्ज : महिला तथा बालबालिकाका घटना बढ्दै गएपछि बाँकेका महिला अगुवाहरुले चिन्ता प्रकट गर्दै दोषीहरु मथि कडा कारवाही गर्न माग गरेका छन् । आईतबार नेपालगन्ज र कोहलपुरका महिला अगुवाहरुले महिला तथा बालबालिकाका माथि भएका हिंसाका घटनामा गम्भीर भएर असुन्धान गर्न र दोषीउपर कडा कारवाही गर्न माग गरेका छन् ।
जिल्ला महिला सञ्जालका अगुवा महिलाहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञानपनपत्र बुझाउदै प्रहरी, प्रशासनको गम्भीर ध्यानार्कषण गराएको महिला सञ्जालकी अक्षरी पोख्रेलले बताइन । उनका अनुसार, दोषीलाई उन्मुक्ति हुने गरी कमजोर अनुसन्धान नगर्न माग गरिएको छ । यस्तै कोहलपुरमा बाँके बाल संजालले पत्रकार सम्मेलनको आयोजना गरी हिंसाका घटनामा गम्भीर भएर अनुसन्धान गर्न आग्रह गरे ।
बाँँकेमा पछिल्लो समयमा बालबालिकालाई हुने बिभिन्न खालका दुब्र्यबहारहरु न्यूनिकरण गर्नका लागी यहि मंगलबार कोहलपुरमा बृहत बिरोध ¥यालीको आयोजन गर्ने बैजानाथ गाउपालिका बाल संजालका अध्यक्ष खगेन्द्र बुढाले जानकारी दिए । बाँकेमा यहि साउन देखि फागुन महिनासम्म बिस जना महिला बालबालिका माथि यौनहिंसा भएको प्रहरीले जनाएको छ ।


 

Next Post

बाँकेका न्यायिक समितिमा आउने अधिकांश मुद्दा सम्बन्ध विच्छेदका

१८ चैत्र २०७४, आईतवार १८:३०
सदरलाइन / रुद्र सुवेदी  १८ चैत, नेपालगन्ज   : स्थानीय तहका न्यायिक समितिमा सम्बन्ध विच्छेद र साँध मिचेको उजुरी बढी आउने गरेको पाईएको छ । स्थानीय तहका उप प्रमुखहरु संयोजक रहेको न्यायिक समिति बाँकेको चौथो बैठकका क्रममा सो कुराको जानकारी आएको हो । बाँकेको नरैनापुर गाउँपालिकाको आतिथ्यमा सम्पन्न चौथो ‘मोबाईल बैठक’का […]

सम्बन्धित