लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ७०, विपक्षमा ११ मत

सदरलाइन संवाददाता ४ भाद्र २०८१, मंगलवार १७:२०
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन । प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएका हुन ।

उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिएका छन् । उनलाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा) २, जनता समाजवादी पार्टी नेपालका १, र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३ जनमत पार्टी ३ एक जना स्वतन्त्र सांसदले मत दिएका छन् ।


त्यस्तै, उनको विश्वासको मतको विपक्षमा ११ मत परेको छ । नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजबादी १ ले विपक्षमा मत हालेका छन् । आचार्य एमाले र कांग्रेसको समर्थनमा गएको साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका हुन ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ मत आवश्यक पर्छ । उनले ७० मत प्राप्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्क पत्रकार मञ्चका प्रतिनिधि मण्डल दक्षिण एसियाली विश्वविद्यालयको अध्ययन अवलोकन भ्रमण

४ भाद्र २०८१, मंगलवार १७:२०
नयाँ दिल्ली : सार्क पत्रकार मञ्चका अन्तराष्ट्रिय अध्यक्षसहितको प्रतिनिधि मण्डलले दक्षिण एसियाली विश्वविद्यालय दिल्लीको अध्ययन अवलोकन भ्रमण गर्नुका साथै विश्वविद्यालयकोअध्यक्ष प्रा. केके अग्रवालसँग विश्वविद्यालयमै भेटवार्ता गरेको छ । सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्षलाई उनकै कार्य कक्षमा भेटेर मञ्च र विश्वविद्यालय बीचको पारस्परिक […]

सम्बन्धित