सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ । त्यस्तै, बुधवार मात्र कोरोनाबाट निको भएर ६ सय ९७ जना घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या ११ हजार २५ रहेको छ ।
