बाँकेमा २५ जना संक्रमित थपिँदा ९४ जना कोरोनामुक्त

सदरलाइन संवाददाता १८ जेष्ठ २०७८, मंगलवार १७:२२
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बाँकेमा २५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज वलीका अनुसार बाँकेका २ वटा पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा १२ महिला र १३ पुरष गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ८९ पुगेको छ ।


यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा ९४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । वलीका अनुसार ३३ महिला र ६१ पुरुष गरी ९४ जना डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोनामुक्त हुनेको संख्या १६ हजार १ सय ६ पुगेको छ ।

यसैगरी बाँकेमा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । फोकल पर्सन वलीका अनुसार बाँकेका २ र जिल्ला बाहिरका ५ जनाको मृत्यु भएको हो । योसँगै कोरानाबाट बाँकेमा २९५ जनाको मृत्यु भएको छ भने जिल्ला बाहिरका २९२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अबैध उत्खनन गर्ने टिप्पर, एक्साभेटर र टेक्टर प्रहरी नियन्त्रणमा

१८ जेष्ठ २०७८, मंगलवार १७:२२
बर्दिया : बर्दिया प्रहरीले बाह्र बर्दियाको लठुवा घाटबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गरेको अभियोगमा ३ टिप्पर एक टेक्टर र एक्साभेटर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बबई नदिको लठुवा घाटबाट एक्साभेटर, टेक्टर र टिप्परलाई नियन्त्रणमा लिएर आवश्यक […]

सम्बन्धित