जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको होः संचारमन्त्री

सदरलाइन संवाददाता २६ श्रावण २०८१, शनिबार १९:०४
 

कास्की :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बीचमा सहकार्य भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीद्वारा शनिबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उने भने–‘ जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो । सरकारले मुलुकसामु देखा परेका समस्यालाई सम्बोधन गर्नेछ ।’

उनले संसदीय व्यवस्था भएका मुलुकमा दुई ठूला दल मिलेर बिरलै सरकार बनाउने गरे पनि नेपालका लागि भने त्यो नौलो नभएको बताए । ‘मुलुकले भोग्नुपरेका समस्या समाधानका लागि यसअघि पनि नेपाली कांग्रेस र एमालेबीचमा सहकार्य भएको थियो’, उनले भने, ‘मन्दीमा रहेको अर्थतन्त्रलाई गतिशील बनाउने, रोजगारी सिर्जना, सुशासन र समृद्धिको सङ्कल्पसहित वर्तमान सरकार गठन भएको हो ।’


वर्तमान सरकारलाई असफल हुने छुट नभएको जनाउँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पुराना र मूलधारका राजनीति दलको औचित्यमा प्रश्न उठ्न दिनु नहुने उनको भनाई छ ।

उनले राजनीतिक स्थिरतासहित जनतामा विकास र सुशासनको अनुभूति गराउन सरकार क्रियाशील रहेको बताए । उनले भने–‘लोकतन्त्र र गणतन्त्र ल्याउन सङ्घर्ष गरेका दलहरु असफल भएमा प्रतिगमनकारीले टाउको उठाउने जोखिम हुन्छ, यसतर्फ हामी सचेत बन्नुपर्छ ।’

मन्त्री गुरुङले नेपाल टेलिकम, हुलाकलगायत राज्यको स्वामित्वमा रहेका संस्थाको गुणस्तर सुधारसहित प्रतिस्पर्धी बनाउनुपर्ने कुरामा जोड दिए । पुराना सञ्चार नीति, कानुन परिमार्जन गरिने, ‘डिजिटल’ नेपालको अवधारणा अनुसार सूचनाप्रविधिको अधिकतम उपयोगलाई जोड दिइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरमा रिजाल

२६ श्रावण २०८१, शनिबार १९:०४
कोहलपुर (बाँके) : पश्चिम नेपालमा साहित्यको गन्तब्यको रुपमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा पुष्कर रिजाल चयन भएका छन । शनिबार सम्पन्न भएको प्रतिष्ठानको साधारणसभाबाट रिजालको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति गठन गरीएको हो । सो साधारणसभाबाट प्रतिष्ठानको उपाध्यक्षमा खोपीराम वली र देविका निरौला, सचिवमा केशव निमेष, सह–सचिवमा प्रकाश […]