नेपालगञ्जमा हात्तीपाईले बिरुद्धको आमऔषधि सेवन चुनौती बन्दै

रुद्र सुवेदी १ भाद्र २०७९, बुधबार १९:१२
 

नेपालगञ्ज :  निरन्तर १२ वर्षदेखि हात्तीपाईले बिरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिदा पनि नेपालगञ्ज उप–महानगरपालिका भित्र हात्तीपाईले रोगको अवस्था भयावह अवस्थामा पुगेको पाईएको छ ।

उपमहानगरको स्वास्थ्य शाखाद्वारा आयोजना गरिएको हात्तीपाईले तथा आमऔषधि सेवन सम्बन्धी लैंगिक समानता तथा सामाजिक समावेशीकरण अध्ययन नतिजा सार्वजनिक कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कले सो अवस्थाको जानकारी गराएको हो ।

बिगत १२ वर्षदेखि निरन्तर सञ्चालनमा ल्याईएको सो अभियानमा सम्पूर्ण नगरबासीले चासो र साथ नदिएकाले अभियान सफल हुन नसकेको अध्ययनको निष्कर्ष निकालिएको थियो । सार्वजनिक तथ्याङ्कमा करिब ५ सय ५० जनामा हाईड्रोशिलको बिरामी ९० जनामा हात खुट्टा सुनिने त्यसमा पनि अधिक संख्यामा १० वर्षमुनीको रहेको पाईएकोले अवस्था भयावह देखिएको हो ।

कार्यक्रममा उपमहानगरका उपप्रमुख कमरुद्धिन राईले हात्तीपाईलेको आमऔषधि सेवन अभियानमा औषधि सेवन गर्नुपर्ने एकजना ब्यक्ति पनि छुट्न नहुँने भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निरन्तर सकारात्मक सन्देश प्रवाह भएमा अभियान प्रभावकारी हुने बताए ।

उनले भने–‘ नेपालगञ्जको नयाँ वडाहरु जो ग्रामीण क्षेत्र छ । त्यहाँ सबै भन्दाले आम औषधि सेवन गरेको पाईयो । समस्या जति सहरी क्षेत्रमै केन्द्रीत भएको छ । यसको समाधान पनि सामुहिक रुपबाट सबैको साथ भए मात्र संभव छ ।’


नेपालगञ्जको घना बस्ती र शहरी क्षेत्रका बासिन्दाले आमऔषधि सेवन नगरेको कारण समस्या देखिएको भन्दै अभियान गर्मी मौसममा सञ्चालन गर्दा रिएक्सन बढी देखिने भएकोले अभियानको समय पनि परिवर्तन गर्न सुझाव दिए ।

उनले सबैको साथ र सहयोग भएको खण्डमा हात्तीपाईले रोग बिरुद्ध सहजै जित हासिल गर्न सकिने कुरामा जोड दिदै भने–‘ समस्या हामी सबैको हो सबैले अपनत्व लिएर अघि बढौ र हात्तिपाईले रोग निवारणमा योगदान दिउ ।’

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेलले यो अभियान सरकारी तबरबाट मात्रै सफल नहुने भन्दै सामुहिक साथ र पहल गर्नुपर्नेमा जोड दिईन ।

नगर स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्दले विषय प्रवेश गरेको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्य, कार्यपालिका सदस्य बशन्तकुमार कनौजिया, महिला स्वास्थ्य स्वयमसेविका नारायणी रुपाखेती, मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरी, अधिकारकर्मी बशन्त गौतम लगायतले आम नागरिकले निर्धक्क औषधि सेवन गर्ने वाताबरण बनाउन सबै पक्षबीच नियमित सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।

नेपालगञ्जमा गत वर्ष संचालित कार्यक्रममा ५० प्रतिशतले मात्रै औषधि सेवन गरेका छन् । बाँकेमा १२ बर्षदेखि यो कार्यक्रम निरन्तर चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लानद्वारा बाह्रबर्दियामा बालमैत्री विद्यालय भवन निर्माणपछि हस्तान्त्रण

१ भाद्र २०७९, बुधबार १९:१२
बर्दिया :  प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाह्रबर्दियाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बेलुवाबज्यामा नवनिर्मित दुईतले छ कोठे भवन तथा शैचालयको औपचारिक कार्यक्रमका बीचमा हस्तान्त्रणसंगै उद्घाटन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल तथा बाह्रबर्दिया नगरपालिकाको समन्वयमा निर्मित सो भवन तथा शौचालय बालमैत्री, अपागंता मैत्री रहेको […]