नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गरिने

३ फाल्गुन २०७६, शनिबार १६:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : यातायात व्यवस्था विभागले कर्णाली राजमार्गसहित नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गर्ने भएको छ । कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने राकम र पूर्वपश्चिम राजमार्गको कपिलवस्तु जिल्लामा पर्ने गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
लामो यात्राका सवारी र यात्रुलाई आराम गर्न सहयोग पुग्ने उद्देश्यले सेन्टर निर्माणको तयारी भइरहेको महानिर्देशक हमालले बताए । उत्तरदक्षिण जोड्ने कर्णाली राजमार्ग र मध्य पहाडी लोकमार्ग जोड्ने राकम कर्णाली सबै दृष्टिले उपयुक्त भएकाले छनोट गरिएको उनले बताए । उनका अनुसार सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।
महानिर्देशक हमालले गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न १७ करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिए । मुलुकका विभिन्न जिल्लाबाट काठमाण्डौ पुग्ने सवारी सफा गरेर उपत्यका प्रवेश गराउने योजना गरिएको उनको भनाइ छ ।

Next Post

नेपालगञ्जमा पहिलो पटक फुड फेस्टिभल हुने

३ फाल्गुन २०७६, शनिबार १६:०८
सदरलाइनडटकम, नेपालगञ्ज : ऐतिहासिक नगरी नेपालगञ्जमा पहिलो पटक नेपालगञ्ज फुड फेस्टिभल आयोजना हुने भएको छ । होटल व्यवसायी संघ बाँकेको आयोजनामा फागुन २३ देखि २५ गतेसम्म फेस्टिभल सञ्चालन हुने भएको हो । पर्यटन क्षेत्रको प्रवद्र्धन तथा स्थानीय समुदायका परिकारहरुको पहिचान गर्ने उद्देश्यले फुडफेस्टिभल गर्न लागिएको आयोजकले जनाएको छ । विभिन्न […]

ताजा अपडेट