हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरमा रिजाल

सदरलाइन संवाददाता २६ श्रावण २०८१, शनिबार १९:१६
 

कोहलपुर (बाँके) : पश्चिम नेपालमा साहित्यको गन्तब्यको रुपमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा पुष्कर रिजाल चयन भएका छन । शनिबार सम्पन्न भएको प्रतिष्ठानको साधारणसभाबाट रिजालको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति गठन गरीएको हो ।

सो साधारणसभाबाट प्रतिष्ठानको उपाध्यक्षमा खोपीराम वली र देविका निरौला, सचिवमा केशव निमेष, सह–सचिवमा प्रकाश मरासिनी तथा कोषाध्यक्षमा मणी प्रसाद गैरे चयन भएका छन ।


त्यसैगरी सदस्यहरुमा बिमला खत्री, गणेश पौडेल, चन्द्रावती अधिकारी, लिला केसी र लक्ष्मण मानव चयन भएका छन । अन्य २ सदस्य भने आवश्यकताका आधारमा पछि मनोनीत गर्न सकिने बताईएको छ ।

ज्ञानोदय सामुदायीक पुस्तकालय कोहलपुरमा भएको साधारणसभामा कथाकार छविलाल खड्काको लघुकथा संग्रह “भित्ताका कान” को विमोचन समेत गरीएको थियो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षता तथा प्रदेश साँसद कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा विभिन्न साहित्यकार तथा संघसंस्थाका प्रतिनिधिहरुले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘वर्तमान गठबन्धनको कार्यभार संविधान संशोधन प्रक्रिया अगाडि बढाउनु’

२६ श्रावण २०८१, शनिबार १९:१६
काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने रहेको बताएका छन् । कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा आफ्ना धारणा व्यक्त गर्दै वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको उल्लेख गरे । नेता कोइरालाले भने,–‘वर्तमान […]