नेपालगञ्ज उपमहानगरमा माटो परिक्षण गरिदै

सदरलाइन संवाददाता २६ चैत्र २०८०, सोमबार १९:१६
 

नेपालगञ्ज :  उन्नत खेतीको लागि नेपालगञ्ज उपमहानगरपालिकाले माटो परीक्षण शिविर चलाएर माटोको अवस्थाबारे किसानलाई अवगत गराउन थालेको छ ।

माटोको वास्तविक अवस्था नबुझेर जथाभावी र अन्धाधुन्ध हिसाबले रासायनिक मलको प्रयोगका कारण माटोको गुणस्तर र उर्वराशक्ति घटिरहेका बेला त्यसको नियन्त्रणका लागि माटो परीक्षण शिविर सञ्चालन गरिरहेको कृषि शाखाले जनाएको छ ।

शाखा प्रमुख अम्बिका रिजालका अनुसार माटो तथा मल परीक्षण केन्द्र खजुराका विज्ञ टोलीद्वारा माटो परीक्षण भइरहेको छ । कार्यालय प्रमुख कोमल शाही नेतृत्वको विज्ञ टोलीले माटो परीक्षण गरिरहेको रिजालले बताईन ।


अघिल्लो दिन कृषकलाई जम्मा गरेर माटो परीक्षण प्रक्रियाका बारेमा अभिमुखीकरण गर्ने र भोलिपल्ट शिविर सञ्चालन गरेर परीक्षण गरिने रिजालको भनाई छ ।

अभिमुखीकरणमा नमुना संकलन कसरी गर्ने, कस्तो माटो परीक्षण गराउने, के के उल्लेख गर्ने लगायतका विषयमा कृषकलाई सिकाइन्छ । वडा नम्बर १९ मा ८० जना कृषकको माटो परीक्षण गरिएको कृषि शाखा प्रमुख रिजालले जानकारी दिनुभयो । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म माटो परीक्षण गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनको अध्यक्षतामा शिविर सम्पन्न भएको थियो । त्यसक्रममा बोल्दै पुनले शिविरबाट किसानहरुले आफ्नो माटोको वास्तविक अवस्थाबारे जानकारी पाउने र त्यसले उनीहरुलाई लाभ पुग्ने विश्वास ब्यक्त गरे ।

अब यसपछि वडा नम्बर २३ मा परीक्षण शिविर आयोजना गरिनेछ । माटोको गुणस्तर र उर्बराशक्ति बढाउन माटो परीक्षण शिविर गरिएको रिजालले बताईन । पछिल्लो समय कृषकहरुले माटोको अवस्था नबुझेर रासायनिक मलको प्रयोग बढाइरहेका छन् । अनियन्त्रित रासायनिक मलको प्रयोगले माटोको गुणस्तर खस्किरहेको विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नाउपा अध्यक्ष श्रेष्ठले घनश्याम चौधरीलाई दलको नेताबाट हटाइन्

२६ चैत्र २०८०, सोमबार १९:१६
धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कैलास चौधरीले जिम्मेवारी पाएका छन् । पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै घनश्याम चौधरीको जिम्मेवारी खोसेर कैलाश चौधरीलाई जिम्मेवारी दिइएको उल्लेख गरेकी हुन् । ‘प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई दलको नेताको रूपमा दैनिक […]