वनको संरक्षणको लागि विगतको दृष्टिकोण बदल्नु पर्नै एमाले महासचिव पोखरेलको सुझाव

सदरलाइन संवाददाता २५ श्रावण २०८१, शुक्रबार १७:३४
 

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वन क्षेत्रको संरक्षणको लागि विगतको दृष्टिकोण बदल्नु पर्ने बताएका छन ।

सामुदायिक वन दिवस २०८१ को अवसरमा नेकपा एमाले केन्द्रीय वन तथा वातावरण विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय’ राष्ट्रिय नीति संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रकृति र मान्छे जोडिएन भने प्रकृति सधैँभरि संरक्षण हुन नसक्ने बताएका हुन । ‘मान्छेसँग नजोडिएको संरक्षणको कुनै अर्थ हुँदैन’, उनले भने ।

परम्परागत संरक्षणका विषय अहिलेको अवस्थामा सार्थक नहुने उनले बताए । प्रकृतिलाई आजको मान्छेको आवश्यकता अनुसार प्रयोग गर्ने गरी नीति बनाउनु पर्ने उनको राय छ । महासचिव पोखरेले अहिलेका धेरै कानुन प्रकृति र वन संरक्षणमा बाधक भएका बताउदै यस्ता कानुन सुधार नगरेसम्म वन संरक्षण हुन नसक्ने प्रष्ट पारे ।


अग्र्यानिक उत्पादन र पर्यापर्यटनलाई जोड्न सक्ने हो भने नेपालको समृद्धिको आधार त्यसैले तयार गर्ने पोखरेलले बताउदै मानिसलाई प्रकृतिसँग जोडेर लाभ लिने नीत बनाउनु पर्ने उनको सुझाव छ ।

नेपालको वन सम्बन्धी कानुनमा कमजोर दण्डित हुने तर पहुँचवालाले दोहन गरिरहने स्थिति रहेको बताए । वन पैदावारको उपभोगको विषयमा समग्र अध्ययन गरी कानुन बनाउनु पर्नेमा उनले जोड दिए । ‘मान्छे र प्रकृति कहिल्यै अलग नगर्ने गरी नीति निर्माण गर्ने कुरामा जाऊँ’, उनले भने ।

उनले अरूका लागि हाम्रो प्रकृति संरक्षण गर्न नसकिने बताउदै विश्व समुदायको लागि नेपालको प्रकृति नेपालीले संरक्षण गरिदिन नसकिने प्रष्ट पारे । यो दृष्टिकोणका आधारमा नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए । ‘हाम्रो प्रकृति हाम्रा लागि, मुख्य प्रश्न यो हो, हाम्रो प्रकृति अरूका लागि भन्ने कुरा दोस्रो कुरा हो’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको होः संचारमन्त्री

२५ श्रावण २०८१, शुक्रबार १७:३४
कास्की :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बीचमा सहकार्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीद्वारा शनिबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उने भने–‘ जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो । सरकारले […]