सदरलाइनडटकम,
नेपालगञ्ज : ट्रयाक्टरले च्याप्दा बाँकेमा एक जनाको मृत्यु भएको छ । बिहीवार बेलुकी राप्ती सोनारी ६ का पुस्पलाल थारुलाई ढलैचामा ट्रयाक्टरले च्यापेको थियो । गम्भीर घाइते थारुलाई उपचारका लागि मेडिकल कलेज नेपालगञ्ज ल्याइए पनि शुक्रवार बिहान उनको मृत्यु भएको हो ।
सिकिस्त अवस्थामा ल्याइएका थारुको कम्मरदेखि तलको पुरै भाग क्षत बिक्षत अवस्थामा रहेको चिकित्सकले बताएका छन् । थारुलाई च्यापने भे १ त ४९८६ नम्बरको ट्रयाक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय भगवानपुरले नियन्त्रणमा लिएको छ ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)