विभिन्न क्षेत्रमा मनोनित गर्दै एमाले सचिवालय बैठक सकियो

सदरलाइन संवाददाता १७ श्रावण २०८१, बिहीबार १८:०६
 

काठमाडौं । नेकपा एमाले सचिवालय बैठक बिहीबार सम्पन्न भएको छ । बैठकले पार्टीका रिक्त रहेको विभिन्न पदमा नेताहरूलाई मनोनीत गरेको छ ।

रिक्त रहेको एक उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय बैठकले गरेको छ । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एउटा उपाध्यक्ष पद खाली थियो । बरालले वाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यसैगरी बैठकले पार्टीका दुई जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । एकीकृत समाजवादी पार्टीबाट एमालेमा फर्केका पार्टी नेता मुकुन्द न्यौपाने र मधेस प्रदेशका पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरिएको बैठकपछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए ।

आजको सचिवालय बैठकले सातवटै प्रदेशका इञ्चार्ज पनि फेरबदल गरेको छ । पोखरेलका अनुसार शेरधन राईलाई कोशी प्रदेशको इञ्चार्ज बनाइएको छ । त्यस्तै लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश इञ्चार्ज बनाइएको छ, भने डा. राजन भट्टराईलाई वाग्मती प्रदेश इञ्चार्ज बनाइएको छ ।

गण्डकी प्रदेशको इञ्चार्ज किरण गुरुङ बन्दा लुम्बिनीको इञ्चार्ज पद्मा अर्याल भएकी छन । त्यस्तै गोरखबहादुर बोगटी कर्णाली र लेखराज भट्ट सुदूरपश्चिम प्रदेश पार्टी इञ्चार्ज बनेका छन् ।


बैठकले १७ केन्द्रीय सदस्य मनोनीत गरेको छ । केन्द्रीय सदस्यमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी) र रामपृत राम (सिरहा) लाई मनोनीत गरेको छ । उनीहरू पार्टी प्रवेश प्रक्रियाबाट एमालेमा आएका हुन ।

पार्टीका पुराना नेताहरू मध्येबाट कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) लाई केन्द्रीय सदस्य मनोनीत गरेको पोखरेलले बताउनुभयो ।

यसैगरी निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु), नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौँ) र कमला केसी (कैलाली) मनोनीत भएका छन ।

अनुशासन आयोगको सदस्यमा मायानाथ अधिकारी मनोनीत भएका छन् । पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (स्याङ्जा), पीएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा.गोपाल खनाल (नवलपुर), खालित हुसेन हक (सुनसरी) मनोनीत भएका छन् । उनीहरू पार्टी प्रवेश प्रक्रियाबाट सल्लाहकार परिषद्मा आएका हुन ।

पुराना नेताहरूबाट हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (वाग्मती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी), अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा), धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके), जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी), सुवासचन्द्र ठकुरी (मकवानपुर), शान्तकुमार ओली (रोल्पा), विना ज्ञवाली (बर्दिया), हरि पोखरेल (खोटाङ), कवीन्द्र शेखर रिमाल (काठमाडौँ), सर्वध्वज सावा लिम्बु (सुनसरी), गणेशसिंह धामी (दार्चुला), नन्दकेशर ढकाल (रुपन्देही), लक्ष्मी प्रसाद जोशी (डडेलधुरा), रामहरि सुवेदी (काभ्रे) र सरस्वती पाटी (भक्तपुर) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनीत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजनीतिमा निष्ठा तथा नैतिक आचरणमा क्षयीकरण भयो : पूर्वराष्ट्रपति भण्डारी

१७ श्रावण २०८१, बिहीबार १८:०६
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अहिले वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा क्षयीकरण आएको बताएकी छन् । बिहीबार तुलसीलाल अमात्यको २७ औँ स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालका राष्ट्रिय लोकतान्त्रिक आन्दोलन र समृद्धिको बाटो विषयक विचार गोष्ठी र कहिल्यै नझुक्ने योद्धा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन […]