निषेधाज्ञा हटाउन उद्योग व्यापार संघको माग

; २५ भाद्र २०७७, बिहीबार २०:५९
 

नेपालगञ्ज : चाडपर्व नजिकिँदै जाँदा उद्योग वाणिज्य संघ नेपालगञ्जले लकडाउन र निषेधाज्ञा हटाउन माग गरेको छ । आत्यावश्यकीय उपभोग्यका सामान एवं बिक्री वितरण प्रभावित भएको भन्दै वाणिज्य संघले निषेधाज्ञा पूर्णरुपमा हटाउन माग गरेको हो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बिहीवार बसेको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञा असोज १ गतेबाट हटाउन माग गरेको हो ।


लकडाउनका कारण उद्योगी व्यवसायी र उपभोक्ता साह्रै मर्कामा पर्नुका साथै चाडपर्व नजिकिंदै गएकोले निषेधाज्ञा हाटाउनु पर्ने संघको माग रहेको छ । संघले बिहीवार विज्ञप्ति जारी गर्दै शुक्रवार र शनिवार गरिँदै आएको निषेधाज्ञासमेत हटाउनेबारे पुनर्विचार गर्नसमेत माग गरेको छ ।

Next Post

भेरी अस्पतालका चिकित्सकसहित १९ जना डिस्चार्ज

२५ भाद्र २०७७, बिहीबार २०:५९
नेपालगञ्ज : शुक्रवार बाँकेबाट कोरोनामुक्त भई १९ जना डिस्चार्ज भएका छन् । भेरी अस्पताल नेपालगञ्जका एक चिकित्सक र एक नर्स, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीलगायत अन्य गरी १९ जना डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोनामुक्त भइ डिस्चार्ज हुनेको संख्या ९ सय ७० पुगेको छ […]